बुटवल । बुटवलमा जारी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले उत्कृष्ट काम गर्ने तीन जिल्लालाई सम्मान गरिएको छ।
अर्घाखाँची, गुल्मी र दाङ जिल्ला कार्यसमितिले सम्मेलनहरु समापन गरिसकेकोले सम्मान गरिएको हो।
अर्घाखाँची सभापति केशब श्रेष्ठ, गुल्मी सभापति खिलध्वज पन्थी र दाङ संकर डागीलाई सम्मान गरिएको हो।
अर्घाखाँचीले सबैभन्दा पहिले सम्मेलन गरिसकेको थियो।
उनिहरुलाई पार्टी सभापति शेर बहादुर देउवा ,बरिस्ठ नेता शेखर कोईराला र प्रदेश सभापति अमर सिह पुनले सम्मान गरेका थिए।
यस्तै कार्यक्रममा सहयोग गर्ने केन्द्रिय सदस्य बालकृष्ण खाण, चुन्नु प्रसाद पौडेल लगायतलाई सम्मान समेत गरिएको थियो।