बुटवल । नेपाली काङ्ग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलनमा बन्दसत्र शुरु भएको छ। शनिबार उद्घाटन भएको सम्मेलनमा आज प्रदेशका प्रतिनिधि सहित बन्दसत्र शुरु भएको हो। सम्मेलनको शनिबार पूर्व प्रधानमन्त्री एव पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका थिए।
प्रदेश सभापति अमरसिंह पुनले प्रथम प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने बताए ।
सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी छन।
आज राजनीतिक प्रतिवेदन , सागठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछि पार्टी आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताए ।