Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माडीबाङ्ग झोलुङ्गे पुलको उद्घाटन आज


१९, मंसिर २०८०
  • 179
    SHARES
  • माडीबाङ्ग झोलुङ्गे पुलको उद्घाटन आज

    रोल्पा।परिवर्तन गाउँपालिका २ राङ्सी र माडी गाउँपालिका ३ वडालाई जोड्ने झोलुङ्गे पुलको आज उद्घाटन हुने भएको छ।जसको माडी खोला,माडीबाङ्ग झोलुङ्गे पुल नाम राखिएको छ।कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रीटिश गोर्खा नेपाल पोखराद्वारा माडीबाङ्ग र भस्माखोर गाउँ, परिवर्तन गाउँपालिका र माडी गाउँपालिका वडा नम्बर २ र ३ को लागि सहयोगमा निर्माण गरिएको गरिएको हो।

    २०७९ माघ २५ गतेबाट उक्त झोलुङ्गे पुल निर्माण कार्य सुरु गरिएको थियो। साथै सो पुललाई निर्माण कम्पनी कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रीटिश गोर्खा नेपाल पोखराका म्यानेजर अबोध माँझीले परिवर्तन र माडी गाउँपालिकाको वडा नम्बर २ र ३ का दुबै उपभोक्ता समितिलाई हस्तान्तरण समेत भएको थियो।

    योजनाको नियमित मर्मत सम्भारको जिम्मेवारी उपभोक्ताहरुलाई दिईएको थियोे।साथै प्राकृतिक प्रकोप बाढी, पहिरो, भुकम्प आदिको कारणले गर्दा ठूलो मर्मत गर्नुपरेमा सहयोगी दाताको सहयोग रहने उल्लेख छ। ८३ लाख ३८ हजार १ सय ४१ रुपैयाँ १६ पैसा लागतमा बनेको सो पुलले त्यहाँका स्थानियहरुलाई आवागमनमा सहज हुने भएको छ।जसमा उपभोक्ताहरुको १ लाख ३६ हजार रुपैयाँमा रहेको छ।

    झोलुङ्गे पुलको आज ब्रिटिश आर्मी गोर्खाका भुपु कर्णेल तथा कादुरी संस्थाका प्रोजेक्ट डाइरेक्टर एण्डियो मिल्सले हेलिकप्टर मार्फत आएर मिल्सको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनको विशिष्ट आतिथ्यतामा उद्घाटन हुने उपभोक्ता समितिका अध्यक्ष चिज बहादुर विकले जानकारी दिनु भएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend