रोल्पा।परिवर्तन गाउँपालिका-३ को कुन्पासाँगुरा लघु जलविद्युत आयोजना केही समय अबरुद्ध हुने भएको छ।रोल्पा शहिद मार्ग अन्तर्गत पर्ने दुईखोली,बागमारा,चुन्बाङ,रुकुमकोट सडक खण्डमा पर्ने चेनेज नम्बर २ं२६० देखि २ं५२० सम्म निर्माण कार्य भइ रहेकोले उक्त जलविद्युत आयोजना अबरुद्ध हुन लागेको हो।२०८० मङ्सिर १९ आज देखि २०८० पुष ५ गते सम्म यस परिवर्तन गाउँपालिका-३ मा पर्ने कुन्पासाँगुरा लघु जलविद्युत आयोजना अबरुद्ध हुने भएकोले सम्पूर्ण उपभोक्ताहरु र सरोकारवाला सबैमा यो सूचना प्रकाशित गरिएको छ।
मङ्सिर १८ गते परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम.द्वारा जारी गरिएको सूचना उल्लेख गरिएको छ।तर जलविद्युत आयोजना उपभोक्ता समिति,परिवर्तन गाउँपालिका र निर्माण ठेकेदार बीच २०८० मङ्सिर १३ गते बसेको बैठकमा कहिले सम्म जलविद्युत आयोजनाको काम सक्ने भन्ने विषयमा मौखिक छलफल मात्र भएको र लिखित छलफल नभएको कुन्पासाँगुरा लघु जलविद्युत आयोजनाका प्राविधिक तुलबहादुर डाँगीले बताउनु भएको छ।छलफल भयो तर कति दिनमा निर्माण गर्ने र आम उपभोक्ता समितिलाई अबरुद्ध मुक्त गर्ने भन्ने विषय कुनै पनि छलफल नभएको डाँगीले प्रतिक्रिया दिनुभएको छ।
हामीले जतिसक्दो छिटो निर्माण गर्नुहोस् भनेका छौँ र हाम्रो माग १ महिना भन्दा बढी अबरुद्ध हुनु हुँदैन भन्ने हो,डाँगीले भन्नुभयो।लघु जलविद्युत आयोजना २०६९ साल कार्तिक १५ गतेदेखि सञ्चालनमा आएको थियोे।परिवर्तन गाउँपालिका-३ र ६ वडाका करिब ५ सय घरधुरी लाभान्वित रहेका छन् भने गंगादेव गाउँपालिका-६ र ७ वडाका करिब ३ सय घरधुरी लाभान्वित रहेका छन।कुन्पासाँगुरा लघु जलविद्युत आयोजना बाट करिब ८ सय घरधुरी लाभान्वित रहेको बताइएको छ।
केही दिन जलविद्युत आयोजना अबरुद्ध हुने भएपछी उज्यालो,ईन्टरनेट,सञ्चार लगायतबाट आम उपभोक्ता बञ्चित हुने देखिन्छ भने विद्यार्थीहरु समेत साँझ बिहानको अध्ययन गर्न समेत कठिनाइ हुने परिवर्तन गाउँपालिका-६ का कविराज बुढा मगरले बताउनु भएको छ।अब जलविद्युत केही दिन अबरुद्ध हुने भन्ने सुनेका छौँ,यसले तपाईं हामी सबैलाई आम नागरिकहरुको उज्यालो,सञ्चार र विशेष विद्यार्थीहरु प्रभावित हुने देख्छु,बुढा मगरले भन्नुभयो।जतिसक्दो समयमै कुन्पासाँगुरा लघु जलविद्युत आयोजना निर्माण भइ अबरुद्ध समस्यालाई समाधान गरी आम उपभोक्ता समितिको माग रहेको छ।