Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एसिया कप खेल्न जाने क्रिकेट टोलीको बिदाई


१९, मंसिर २०८०
  • 154
    SHARES
  • एसिया कप खेल्न जाने क्रिकेट टोलीको बिदाई

    काठमाडौँ । यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगाएत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाई गरेका हुन् । 

    कार्यक्रममा मन्त्री लिम्वुले टिम कप्तान देव खनाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । विदाई कार्यक्रमपछि अलराउन्डर गुलशन झाले एसिया कपमा टेस्ट टोलीलाई हराउने ठूलो अवसर रहेको र आफु उत्साहित रहेको बताउनुभयो । उहाँले नेपालको समग्र क्रिकेटले राम्रो प्रदर्शन गरिरहेको अवस्थामा आफुहरुको लक्ष्य जितमा हुने धारणा राख्नुभयो ।

    त्यस्तै कप्तान देव खनालले तयारी राम्रो रहेको उल्लेख गर्दै सक्दो नतिजाका लागि कोशिश गर्ने बताउनुभयो । उहाँले सम्पूर्ण टिम खेलका लागि उत्साहित रहेको र राम्रो नजिता आउने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले प्रतियोगीताका लागि टिमले राम्रो तयारी गरेको बताउनुभयो । आफ्नो समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहनु चूनौति भएपनि राम्रो खेल खेलेर जित हासिल गर्ने उहाँले बताउनुभयो ।

    नेपाली टिम बुधबार यूएई प्रस्थान गर्नेछ । आगामी शुक्रबारदेखि पुस १ गतेसम्म यूएईमा चल्ने प्रतियोगितामा नेपाल समूह ए मा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् । नेपालले मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend