अर्घाखाँची । २०६६ सालदेखि निर्माण सुरु भएको सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकको ९७ किलोमिटरमध्ये अहिले सम्म १८ किलोमिटर सडक पिच सम्पन्न भएको छ । सो सडकको धेरै खण्ड ग्राभेल भएको छ भने कच्ची सडकको काम सकिएको सडक योजना प्रमुख अन्जु परियारले जानकारी दिनुभयो । करिव ८ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५/४० करोडमात्रै बजेट विनियोजन हुने गरेकोमा यश बर्ष १७ करोड मात्रै बजेट बिनियोजन भएको कारण काम गर्न परियोजनामा बजेटको समस्या भएको छ र १३ वर्षको अवधिमा झन्डै ३ अर्ब रुपैयाँ खर्च भएको सालझन्डी–सन्धिखर्क सडक योजना प्रमुख अन्जु परियार को भनाइ छ ।
यो सडक अन्तर्गत पर्ने पुलमध्ये अब दुई वटा पुल बन्न बाँकी छ । बाग्लुङ जिल्लामा पर्ने बहुला बाँस खोला र दोभाषे खोलामा पुल निर्माणका लागि डिजाइन स्वीकृति अन्तिम चरणमा रहेको परियोजना प्रमुख परियारले बताउनुभयो भने बाँकी पुल निर्माण भइसकेको छ । सन्धिखर्कमा विवाद भएका कारण ५ सय मिटर कच्ची सडकको काम रोकिए पनि अन्यत्र कुनै रोकावट नभएको कारण काम निरन्तर चलिरहेको योजना प्रमुख परियारको दाबि छ। सुरुमा यही विवादले गर्दा परियोजनाको काममा ढिलाइ भएको थियो । पछि टुक्राटुक्रा गरेर ठेक्का र उस्तै गरी बजेट आएपछि यो सडक निर्माणले दुर्त गति लिन नसकेको परियोजनाका कर्मचारी बताउछन ।
सालझन्डी–ढोरपाटन सडक परियोजना कार्यालयको प्रमुख इन्जिनियर अन्जु परियारले बजेट कै कारण निर्माण कार्यले गति लिन नसकेको दाबि गर्नुभयो । अहिले परियोजना अन्तर्गत तीन वटा ठेक्काको काम भइरहेको छ । ३ वटा बहुवर्षे ठेक्का हुन् । माटे भडहार ७ किलोमिटर सडक र पुर्कोट अर्खाबाङ १९ किलोमिटर सडक गरि २६ किलोमिटर सडक को काम पुस्पा बिल्डर्स कम्पनी अर्घाखाँची ले काम दुर्त गतिमा अगाडि बढाएको छ यो काम पिचको काम हो भने खुसार्नेदेखि कन्चन खोलासम्म १३ किलोमिटर र बाग्लुङको बुर्तिवाङ्गदेखि फल्लेघर सम्मको २२ किलोमिटर बहुवर्षे ठेक्का हुन् । बहुवर्षे ठेक्कामा जति काम गर्यो, उति रकम लैजाने भएकाले परियोजनालाई दबाब दिन कठिन हुन्छ ।
यस्तै खुसार्नेदेखि पटौटीसम्मको पनि ठेक्का लागेको छ काम दुर्त गतिमा हुन सकेको छैन । पुलको डिजाइन स्वीकृत भएपछि ठेक्काको चरणमा जाने योजना प्रमुख परियार को भनाइ छ । खासगरी पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उद्देश्यले सडकको निर्माण थाले पनि सरकारको बेवास्ताले गर्दा उचित बजेट पर्न नसकेको भन्दै स्थानीयवासी निराश बनेको अर्घाखाँचीका निर्माण ब्यबसायि हिम्मत पोख्रेलको भनाइ छ । यो सडक निर्माण भएपछि बागलुङको पश्चिमी क्षेत्र, गुल्मीको पश्चिम क्षेत्र र अर्घाखाँचीका बासिन्दालाई बुटवल आउजाउ गर्न सहज हुनेछ ।
यस्तै, प्युठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुने देखिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बागलुङको ढोरपाटनलाई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू ढोरपाटनसम्म सहजै पुग्न सक्ने अपेक्षा गरिएको छ । सडक योजनाको काम हेर्न कार्यलय प्रमुख अन्जु परियार सहितका प्राबिधिक हरु दैनिक फिल्डमा खटेका छन कार्यलयमा प्रयाप्त जनशक्ति नहुदा समस्या उत्पन्न भएको छ ।