Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कोदोबारीको समस्या, ब्यबहारिक शिक्षाको नमुना


२०, मंसिर २०८०
  • 189
    SHARES
  • कोदोबारीको समस्या, ब्यबहारिक शिक्षाको नमुना

    प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका – ३ कुटेडाँडास्थित बालज्योति आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत ११ बर्षीया आशाकुमारी बिकले बिद्यालयमा चार दिनको घर बिदा माग्ने कुरा आँफै भन्न नसकेर उनले साथीहरु मार्फत विद्यालयका प्रधानाध्यापक शंकरबहादुर बस्नेतलाई जानकारी गराइन । 

    प्रअ शंकरले किन चार दिनको घर बिदा चाहिएको हो ? भनेर आशालाई सोधे आशाले कोदो काट्न,उनको कुरा सुनेर प्रअ शंकरले यत्ति भने ‘तिमी भोलि बिद्यालय आउनु’ भन्ने जबाफ दिए । आशाले घरमा ८५ बर्षीया हजुर आमा मात्रै रहेको र बारीको कोदो बाँदरले सबै खाएर स्वाहा पार्न थालेको हुँदा त्यही काट्न बिदा चाहिएको कुरा गरेकी थिइन । 

    आशाकी आमा उनी सानै छँदा दोस्रो बिबाह गरि गएपछि बुवाले कान्छी आमालाई भित्र्याएका थिए । कान्छी आमा कात्तिक २२ गते दाउरा काट्न वन गएको समयमा लडेर गम्भीर घाइते भइन । कान्छी आमाबाट जन्मेका आशाका तीन बर्षे भाइ छन् । बुवा सशिधर बिक रोजगारीको सिलशिलामा भारतमै बस्दै आएका छन् । घाइते भइ उनकी आमा भारतको चण्डीगढस्थित पिजियो हस्पिटलमा उपचाररत छिन । आफन्तको सहयोगमा कान्छी आमा त्यहाँ पुगेकी हुन । 

    आशाको कुरा सुनेपछि प्रअ शंकरले मनमनै शुक्रबारका दिन छिटो छुट्टी हुने हुँदा सोही दिन विद्यालय समयपछि शिक्षक र बिद्यार्थी मिलेर गइ आशाको पाखो बारीको कोदो काट्ने योजना बनाएका थिए ।

    ‘बिहीबारको दिन बिदा हुनुभन्दा पहिले लाइनमा विद्यार्थीलाई घरबाट भोलि हंसिया लिएर आउनु भनेर भन्नुपर्ला भन्ने मनमनै सोचेका थिए । प्रअ शंकरले आशालाई भोलि (बिहीबार) विद्यालय आउनु भनेको हुँदा उनी विद्यालय आएकी थिइन । तीन वटा पाखो बारीको कोदो मध्ये एउटा पाटोको कोदो बाँदरले स्वाहा पारि सकेका थिए । 

    आशाले कक्षा कोठामा फेरि साथीहरुलाई चार दिनको घर बिदाको लागि प्रअ शंकर समक्ष कुरा राखिदिन प्रस्ताब गरि रहेकी थिइन । उनको साथीले बिहीबार पहिलो घन्टीमै प्रअ शंकरलाई भेटिन र उनले आशा गरेको आग्रहको (बिदाका लागि पहल गरिदिन भनेको कुरा) भनिन् । त्यसपछि भने शंकरले तत्कालै आशाको समस्या समाधान गर्ने उपाय सोचे । शिक्षक शिक्षिकासंग आशालाई परेको समस्या र त्यो समाधानको जुक्ति सुनाए ।

    ‘आजै तपाँईहरु केही बिद्यार्थी लगेर खाजा समयपछि आशाको बारीमा पुगेर कोदो काट्नुहोस र आशाको समस्या समाधान गरौं भन्ने प्रस्ताब गरे, त्यस कुरामा सबै शिक्षक साथीहरु सहमत हुनुभयो र सोही उदेश्यले खाजा समयपछि उहाँहरु आशाको कोदो काटन् जानु भएको हो । त्यो समय मैले विद्यालयमा रहेका साना विद्यार्थी पढाई बसेको हुँ ।’

    प्रअ शंकरले विद्यालयका शिक्षिकाहरु हिरा जिसी, लक्ष्मी भण्डारी र रबिना बिकको नेतृत्वमा कक्षा ४, ५ र ६ का थप ३७ बिद्यार्थीलाई आशाको पाखो बारीको कोदो काट्न (संकलन) गर्न पठाएका थिए । त्यसपछि घर नजिक भएका विद्यार्थीले घर– घरबाट हँसिया र खुर्पी लिएर आए । शिक्षक बिद्यार्थीले धमाधम आशाको बारीमा पुगेर कोदो काट्ने क्रम सुरु भएको थियो । उनीहरु दिउँसो २ बजेतिर आशाको बारीमा पुगेका थिए । ४० जनाले काटेपछि डेढ घन्टामै सबै काम सकियो ।

    कक्षा कोठाको किताबी ज्ञान मात्रै प्रयाप्त नुहुने हुँदा आपत विपदमा मिलेर सहयोग गर्दा ब्यक्ति बिशेषका समस्या समाधान गर्न संभव रहेछ भन्ने ठूलो सामाजिक भावना विद्यालय परिवारले प्रर्दशन गरेको छ ।

    ‘हामीले सामाजिक भावनाले गरेको कार्य गाउँ समाजले एकदमै उदाहरणिय र अनुकरणिय बनेका छन् । यो मानवताको सवाल मात्रै हैन ब्यबहारिक शिक्षाको नमुना कार्य हो भनेर तारिफ भइरहेको छ । अप्ठेरोमा परेकाहरुलाई सघाउनुपर्छ भनेर आशाको बारीको कोदोबारीले ब्यबहारिक शिक्षालाई झल्काएको छ ।


  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend