रोल्पा। परिवर्तन गाउँपालिकामा अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को रोल्पा जिल्ला प्रतिनिधि सभाका सांसद बर्षमान पुन र लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनले उद्घाटन गर्ने बताइएको छ।
"स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुद"भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० परिवर्तन गाउँपालिकाको तत्वबधान तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजनामा मिति २०८० साल मङ्सिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय उप-महासचिव बर्षमान पुनको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनको विशिष्ट आतिथ्यतामा शुक्रबार उद्घाटन हुने आयोजकले जानकारी दिएको हो।
शुक्रबार मध्याह्न १२:३० बजे उद्घाटन हुने भएकोले परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा परिवर्तन गाउँपालिका भित्रका ६ ओटै वडाबाट छनोट भएका खेलाडीहरु,जनप्रतिनिधिहरु,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,खेलप्रेमी,बुद्धिजीवी,व्यापारी,शिक्षक,विद्यार्थी,सुरक्षाकर्मी,पत्रकार,आमा समूह,युवा समूह,युवा क्लब,पैसरु समूह,बाजा समूह,विभिन्न झाँकी समूह लगायतलाई सभ्य तथा भव्य रूपमा सफल बनाई दिनको लागि उपस्थित भइ दिन समेत परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ।