Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आधारभूत रङ्गशाला : बजेट आयो कार्यान्वयन भएन


२२, मंसिर २०८०
  • 142
    SHARES
  • आधारभूत रङ्गशाला : बजेट आयो कार्यान्वयन भएन

    बागलुङ । बागलुङको बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउने योजना बुनेको धेरै वर्ष भयो । सङ्घीयतापछि नै दुईपटक स्थानीय सरकारका जनप्रतिनिधि आए तर बागलुङको बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना अधुरै रहेको छ । 

    कतिपय योजना बजेट अभावका कारण अुधरा बनेका उदाहरण भेटिन्छन् । रङ्गशाला निर्माणका लागि बजेट आएरसमेत कार्यान्वयन हुन नसकेको हो । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बाङ्गेचौर खेल मैदानलाई रङ्गाशाला बनाउनका लागि विस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) बन्यो, बजेट आयो तर कार्यान्वयन भने भएन । 

    बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेकै चार वर्ष पुगेको छ । आधारभूत रङ्गशाला निर्माणका लागि आवश्यक रु आठ करोड २२ लाख बजेटसमेत विनियोजन भयो तर रङ्गशाला विस्तारमा वन बाधक बनेपछि कार्यान्वयनमा आउन नसकेको हो । 

    नगरपालिकाको रु चार करोड ११ लाख र राष्ट्रिय योजना आयोगको सिफारिसमा विनियोजन भएको रु चार करोड ११ लाख बजेट तीन वर्ष लगातार आए पनि कार्यान्वयन गर्न नसकिएको नगरपालिकाले जनाएको छ । डिपिआरमा उल्लेख भएअनुसार रङ्गाशाला निर्माण गर्न रामरेखा सामुदायिक वनभित्रका झण्डै एक सय ५० रुख फँडानी गर्न आवश्यक रहे पनि वनले समन्वय गर्न नसक्दा करोडौँको बजेट कार्यान्वयनमा नआएको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

    “अघिल्ला जनप्रतिनिधिले साझेदारीमा योजना पार्नुभएको थियो, वार्षिकरुपमा ५०/५० प्रतिशतले नगरपालिका र सङ्घीय सरकारले बजेट हाल्दा तीन वर्षमा तीन हजार दर्शक अटाउने प्यारापिट बन्ने थियो”, खड्काले भन्नुभयो, “तर बजेट लगातार तीन वर्षसम्म आइरह्यो, हामीले अन्तिम वर्ष भए पनि कार्यान्वयनमा लैजाने भनेर लागिप¥यौँ, वनकै समस्याका कारण सकिएन ।” 

    उहाँले बजेट आउञ्जेल वन कार्यालयले रुख कटान गर्न नदिएको भन्दै यस वर्षबाट बजेट कटौती गरेपछि वनले बल्ल सकारात्मक कुरा गरेको बताउनुभयो । बहुवर्षीय योजनाका रुपमा बजेट विनियोजन भए पनि सङ्क्षिप्त वातावरणीय मूल्याङ्कनले रुख कटान गर्न नदिने भन्दै गर्न एक वर्ष लाग्ने भएपछि बजेट कार्यान्वयनमा नआएको हो । 
     
    तत्कालीन खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पाँच वर्षअघि रङ्गशालाको विस्तृत प्ररियोजना प्रतिवेदन ९डिपिआर० रु ३० लाख खर्चेर तयार गरिएको थियो । डिपिआरमा रङ्गाशाला बनाउन रु ३० करोडभन्दा बढी खर्च लाग्ने उल्लेख गरिएको थियो । 

    डिपिआरअनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएकाले तल्लो भागमा बढाउन पर्ने र तल्लो भागमा एक सय ५० भन्दाबढी रुख कटान गर्न आवश्यक देखिएको थियो । रुख कटान पूर्व वातावरणीय प्रभाव मूल्याङ्कन गर्न आवश्यक रहे पनि उक्त काम गर्न एक वर्ष लाग्ने र उक्त समयमा बजेट फ्रिज भइसकेको नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिनुभयो । 

    खेल मैदानको पूर्वतर्फ प्यारापिट लगायतको संरचना निर्माण भइसक्ने बेलामा बजेट कार्यान्वयनमा आउन नसक्नु दुःखद् रहेको जनाउँदै घर्तीले वन मन्त्रालयमा फाइल पुग्दापुग्दै बजेट फ्रिज भएको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसँगै जोडिएको खेलमैदान सडकको मापदण्ड छाडेर बनाउँदा पूर्वपट्टीका रुख फँडानी गर्न रामरेखा सामुदायिक वनसहित वन मन्त्रालयले चासो नदिएपछि बजेट कार्यान्वयनमा नआएको हो । 

    रङ्गशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ । स्थानीय पालिका र वन कार्यालयबीचको समझदारी समयमै नबन्दा विनियोजन भएको बजेट कार्यान्वयनमा नआउनु दुःखद् रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

    खड्काले खेल क्षेत्रमा गण्डकी प्रदेशमै अग्रणी स्थानमा रहेको बागलुङमा रङ्गाशाला निर्माणका लागि आएको बजेट कार्यान्वयन नहुँदा खेल क्षेत्रका लागि दुर्भाग्य रहेको बताउनुभयो । “खेल क्षेत्रका लागि अत्यन्तै दुःखद् हो यो, यत्रो रङ्गशाला बन्दा सबैलाई फाइदै हुन्थ्यो, तर समयमै वन र नगरपालिकाबीच समझदारी बनेन्”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको पोखरा पछिको ठूलो रङ्गशाला निर्माण हुँने बागलुङमा बजेटसमेत कार्यान्वयनमा नआउँदा खेलाडीमा निरासा छाएको छ ।”

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend