रोल्पा । परिवर्तन गाउँपालिकामा अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उद्घाटन भएको छ।शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ राङ्कोटको धामाचौरमा शुक्रबार एक कार्यक्रम बीच उद्घाटन भएको हो।"स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुद"भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा भएको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० परिवर्तन गाउँपालिकाको तत्वबधान तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजनामा मिति २०८० साल मङ्सिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता उद्घाटन कार्यक्रमको लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यता रहेको थियोे।विशिष्ट अतिथीहरुमा पूर्व सहायक मन्त्री भिम कुमारी बुढा,परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर र थबाङ गाउँपालिकाका अध्यक्ष ॠषिकेशव बुढा मगर रहनु भएको थियोे।
अन्य अतिथीमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम,परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगर,परिवर्तन गाउँपालिका-१ का वडा अध्यक्ष मैते बुढा,२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर,३का वडा अध्यक्ष खिम विक्रम चन्द,४ का वडा अध्यक्ष मानसिङ बुढा,५ का वडा अध्यक्ष दिल बहादुर वली,६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर,थबाङ गाउँपालिका-१ का वडा अध्यक्ष हिरा बहादुर बुढा मगर,नेपाल शिक्षक महासंघ रोल्पाका निवर्तमान अध्यक्ष भिम प्रकाश पुन,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य मौसम रोका,प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिङ विक,खेलकुद विकास समिति रोल्पाका अध्यक्ष मोलङ घर्ती मगर,नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सभापति खडक घर्ती मगर,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचिव कर्ण बुढा मगर,नेकपा एमाले रोल्पा जिल्ला सदस्य कर्ण बहादुर बुढाको उपस्थिति रहेको थियो।
त्यस्तै नेकपा रोल्पा जिल्ला सदस्य भक्त रिजाल,रास्वपा परिवर्तन गाउँपालिकाका सह-संयोजक श्याम विक,लोपोन्मुख सांस्कृतिक प्रतिष्ठान परिवर्तन गाउँपालिकाका अध्यक्ष लालबहादुर घर्ती मगर,ग्लोबल आइएमइ दुईखोली शाखाका कार्यालय प्रमुख अञ्जन पोख्रेल नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर,नेपाल पत्रकार महासंघ रोल्पाका सचीव लोकेन्द्र चन्द,रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान ओली,जिल्ला क्रीकेट संघ रोल्पाका अध्यक्ष ओम केसी,रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघ रोल्पाका अध्यक्ष कृष्ण प्रसाद बाँठा,जिल्ला बक्सिङ संघ रोल्पाका उपाध्यक्ष हरिबहादुर सुनार,उद्योग बाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेम कुमार बुढा मगर,अस्थाई प्रहरी पोष्ट पुतलाचौरका प्रहरी निरीक्षक किरण चौधरी र शिक्षक महासंघ परिवर्तन गाउँपालिका अध्यक्ष मनप्रसाद पुन लगायतको आतिथ्यता रहेको थियोे।
परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा परिवर्तन गाउँपालिका भित्रका ६ ओटै वडाबाट छनोट भएका खेलाडीहरु,जनप्रतिनिधिहरु,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,खेलप्रेमी,बुद्धिजीवी,व्यापारी,शिक्षक,विद्यार्थी,सुरक्षाकर्मी,पत्रकार,आमा समूह,युवा समूह,युवा क्लब,पैसरु समूह,बाजा समूह,विभिन्न झाँकी समूह लगायतको सहभागीता रहेको थियोे।
फुटबल 9 ए साइड पुरुष तथा महिला।भलिबल पुरुष तथा महिला।कबड्डी पुरुष Below 85 तथा महिला below 75।एथलेटिक्स पुरुष तर्फ १ सय मिटर दौड,८ सय मिटर दौड,३ हजार मिटर दौड,लमजम्प,हाईजम्प,ज्याबलिङ थ्रो र सटफुट।महिला तर्फ १ मिटर दौड,८ सय मिटर दौड,३ हजार मिटर दौड,लमजम्प,हाईजम्प,ज्याबलिङ थ्रो र सटफुट।बक्सिङ तर्फ पुरुष ५१ केजी,५४ केजी,५७ केजी।बक्सिङ महिला तर्फ ५० केजी,५४ केजी ५७ केजी।कराँते तर्फ पुरुष अण्डर ४२ केजी,अण्डर ४७ केजी, अण्डर ५२ केजी।महिला तर्फ अण्डर ४० केजी,अण्डर ४५ केजी,अण्डर ५० केजी।आईटीएफ तेक्वान्दो तर्फ पुरुष ४१ टु ४५ केजी तौल समूह ४६ टु ५० केजी तौल समूह,५१ टु ५५ केजी तौल समूह।महिला तर्फ ३६ टु ४० केजी तौल समूह,४१ टु ४५ केजी तौल समूह,४६ टु ५० केजी तौल समूह।क्रीकेट पुरुष तथा महिला टि-10।ब्याडमिन्टन तर्फ मिन्स डबल र ओमिन्स डबल रहेका छन।