रोल्पा। परिवर्तन गाउँपालिकामा अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० आज तेस्रो दिन पनि जारी रहेको छ।शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ राङ्कोटको धामाचौरमा शुक्रबार एक कार्यक्रम बीच हिजो उद्घाटन भएको थियो।
स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुदू भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा भएको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० परिवर्तन गाउँपालिकाको तत्वबधान तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजनामा मिति २०८० साल मङ्सिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता उद्घाटन कार्यक्रमको लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यता तथा पूर्व सहायक मन्त्री भिम कुमारी बुढा मगर,परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर र थवाङ गाउँपालिकाका अध्यक्ष ॠषिकेशव बुढा मगरको विशिष्ट आतिथ्यमा शुक्रबार उद्घाटन भएको थियो।
आज तेस्रो दिन पुरुष भलिबल,महिला भलिबल,महिला बक्सिङ,पुरुष ब्याडमिन्टन,कबड्डी पुरुष र कबड्डी महिला प्रतियोगितामा भएको हो।परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा फुटबल ए साइड पुरुष तथा महिला।भलिबल पुरुष तथा महिला।कबड्डी पुरुष तथा महिला।एथलेटिक्स पुरुष तर्फ १ सय मिटर दौड,८ सय मिटर दौड,३ हजार मिटर दौड,लमजम्प,हाईजम्प,ज्याबलिङ थ्रो र सटफुट।महिला तर्फ १ मिटर दौड,८ सय मिटर दौड,३ हजार मिटर दौड,लमजम्प,हाईजम्प,ज्याबलिङ थ्रो र सटफुट रहेका छन।
त्यस्तै बक्सिङ तर्फ पुरुष ५१ केजी,५४ केजी,५७ केजी।बक्सिङ महिलातर्फ ५० केजी,५४ केजी ५७ केजी।कराँते तर्फ पुरुष अण्डर ४२ केजी,अण्डर ४७ केजी, अण्डर ५२ केजी।महिला तर्फ अण्डर ४० केजी,अण्डर ४५ केजी,अण्डर ५० केजी।आईटीएफ तेक्वान्दो तर्फ पुरुष ४१ टु ४५ केजी तौल समूह ४६ टु ५० केजी तौल समूह,५१ टु ५५ केजी तौल समूह।महिला तर्फ ३६ टु ४० केजी तौल समूह,४१ टु ४५ केजी तौल समूह,४६ टु ५० केजी तौल समूह।क्रीकेट पुरुष तथा महिला टि।ब्याडमिन्टन तर्फ मिन्स डबल र ओमिन्स डबल रहेका छन।