Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अफगानिस्तानसँग पराजित नेपालको सेमिफाइलन पुग्ने गणितीय सम्भावना कति ?


२५, मंसिर २०८०
  • 148
    SHARES
  • अफगानिस्तानसँग पराजित नेपालको सेमिफाइलन पुग्ने गणितीय सम्भावना कति ?

    काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत लगातार दुई खेलमा पराजित भएसँगै नेपालको सेमिफाइलनमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

    दुबईमा रहेको आईसीसी एकेडेमी ओभल–२ मा आइतबार भएको दोस्रो खेलमा नेपाल अफगानिस्थानसँग ७३ रनले पराजित भएसँगै सेमिफाइनल पुग्ने अंकगणितीय सम्भावना मात्रै जीवित छ । जम्सिद जड्रानको शतकमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८८ रनमा समेटिएको थियो ।

    नेपालका ओपनर अर्जुन कुमालले ९१ रनको उत्कृष्ट पारी खेलेपनि जितका लागि प्रयाप्त हुन सकेन । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । आइतबार नै भएको अर्काे खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छन् ।

    समान २ अंक रहेको भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् । अंकविहिन नेपाल तालिकाको पुछारमा छ । पाकिस्तानको रनरेट १.५६३, भारतको ०.४५४, अफगानिस्तानको ०.२०३ र नेपालको माइनस २.०२४ छ । शीर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ । नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्दै छ । नेपाललाई सेमिफाइनल पुग्ने अंकगणितिय यात्रा कायम राख्न भारतसँगको फराकिलो जितले मात्र पुग्ने छैन ।

    अन्तिम खेलमा अफगानिस्तान पाकिस्तानसँग फराकिलो अन्तरले पराजित हुनुपर्नेछ । नेपाल भारतसँग पराजित भएमा वा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेमा सोझै बाहिरिने छ । अन्तिम खेल नेपालमा सहज हुने छैन ।

    नेपालभन्दा भारत निकै बलियो मानिन्छ । पछिल्लो ५ खेलमा एक खेलमा मात्रै नेपाल विजयी भएको छ । बाँकी ४ खेलमा नेपाल भारतसँग पराजित भएको छ । सन् २०१७ मा आयोजित संस्करणमा नेपालले भारतलाई १९ रनले हराएको थियो र सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

    सिनियर टोलीबाट भारत र पाकिस्तानसँग खेलिसकेका गुल्सन झा र यू–१९ टिमका कप्तान देव खनालले पछिल्ला दुई खेलको ब्याटिङ आफ्नो प्रभाव छोड्न सकेका छैनन् । झा पहिलो खेलमा २ र कप्तान खनाल शुन्य रनमा आउट भएका थिए । दोस्रो खेलमा झा १७ र खनाल २४ रन बनाएका थिए । भारतसँगको अन्तिम खेलमा यी दुईबाट नेपाल ठूलो अपेक्षा राख्नेछ

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend