सरु भुसाल,अर्घाखाँची । लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान अर्थात २५ नोवेम्बर देखि १० डिसेम्बर अन्तर्गत आइतबार सन्धिखर्क नगरपालिकाको आयोजनामा उक्त कार्यक्रमको समापन गरिएको छ ।
कार्यक्रममा लिङ्गको आधारमा हुने विभेद बालबिबाह माधक पदार्थ सेवन गरि घरपरिवारमा पुर्याउने क्षति लगायतका बिषयमा कार्यक्रमको प्रमुख अतिथि माननिय संसद् बिजुला रायमाझिले प्रष्टाउनु भएको थियो ।
२१ औँ शताब्दिमा आउँदा पनि लैङ्गिक विभेदका आधारमा हुने घटना सहनु भनेको एकदमै नराम्रो पक्ष हो भन्दै सोहि नगरपालिकाकी उप-प्रमुख मिश्रा आचार्यले बताउनुभयो कार्यक्रममा बोल्ने बक्ताले हिंसा गर्नु मात्र हैन सहनु पनि अपराध हो भनि प्रष्टाएका थिए ।
उक्त कार्यक्रममा प्रहरि निरिक्षक बिक्रम रिजाल नगरपालिका शिक्षा शाखा अधिकृत मन्जु आचार्य महिला बालबालिका शाखा प्रमुख बेल कुमारि परियार ,,ईन्सेक प्रतिनिधि ,कुल बहादुर नेपाली लगायतले लैङ्गिक हिंसाका आधारमा गरिने भेदभाव अन्त्य र प्रयत्न सम्बन्धि आफ्नो प्रतिवेदन सहित प्रष्टाएका थिए ।