Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता चौथो दिन पनि जारी


२५, मंसिर २०८०
  • 362
    SHARES
  • परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता चौथो दिन पनि जारी

    रोल्पा।परिवर्तन गाउँपालिकामा अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० आज चौथो दिन पनि जारी रहेको छ।शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ राङ्कोटको धामाचौरमा शुक्रबार एक कार्यक्रम बीच उद्घाटन भएको थियो।

    स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुद भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा भएको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद  प्रतियोगिता २०८० परिवर्तन गाउँपालिकाको तत्वबधान तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजनामा मिति २०८० साल मङ्सिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता २६ गते सम्पन्न हुने भएको छ।

    आज चौथो दिन पुरुष भलिबल पाइनल भएको छ।जसमा परिवर्तन गाउँपालिका-४ पाछाबाङ प्रथम भएको छ।परिवर्तन गाउँपालिक-२ राङ्सी द्वितीय भएको छ।परिवर्तन गाउँपालिका-५ राङ्कोट तृतीय भएको छ भने परिवर्तन गाउँपालिका-६ सान्त्वना भएको छ। महिला भलिबलको फाइनल बाँकी रहेको छ।

    आईटीएफ तेक्वान्दो पुरुष र आईटीएफ तेक्वान्दो महिला,कबड्डी पुरुष र कबड्डी महिला प्रतियोगिता भएको हो।परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा  फुटबल ए साइड पुरुष तथा महिला।भलिबल पुरुष तथा महिला।कबड्डी पुरुष तथा महिला ।एथलेटिक्स पुरुष तर्फ १ सय मिटर दौड,८ सय मिटर दौड,३ हजार मिटर दौड,लमजम्प,हाईजम्प,ज्याबलिङ थ्रो र सटफुट।महिला तर्फ १ मिटर दौड,८ सय मिटर दौड,३ हजार मिटर दौड,लमजम्प,हाईजम्प,ज्याबलिङ थ्रो र सटफुट रहेका छन।

    त्यस्तै बक्सिङ तर्फ पुरुष ५१ केजी,५४ केजी,५७ केजी।बक्सिङ महिला तर्फ ५० केजी,५४ केजी ५७ केजी।कराँते तर्फ पुरुष अण्डर ४२ केजी,अण्डर ४७ केजी, अण्डर ५२ केजी।महिला तर्फ अण्डर ४० केजी,अण्डर ४५ केजी,अण्डर ५० केजी।आईटीएफ तेक्वान्दो तर्फ पुरुष ४१ टु ४५ केजी तौल समूह ४६ टु ५० केजी तौल समूह,५१ टु ५५ केजी तौल समूह।महिला तर्फ ३६ टु ४० केजी तौल समूह,४१ टु ४५ केजी तौल समूह,४६ टु ५० केजी तौल समूह।क्रीकेट पुरुष तथा महिला टि।ब्याडमिन्टन तर्फ मिन्स डबल र ओमिन्स डबल रहेका छन।

    403412945_1193791138670198_8274148149847684783_n.jpg
    403408781_1424007634815099_8845051818801857665_n.jpg
    405837033_695779202333464_5538567891675303161_n.jpg
    386866456_1439262086474888_4765333843621638774_n.jpg
    405802581_867362431757520_2870573149955301972_n.jpg

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend