Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बुटवलको उजिर सिंह माविले हीरक जयन्ती मनाउँदै


२६, मंसिर २०८०
  • 173
    SHARES
  • बुटवलको उजिर सिंह माविले  हीरक जयन्ती मनाउँदै

    बुटवल । बुटवल उपमहानगरपालिका वार्ड २ मा रहेको उजिर सिंह माविले आफ्नो स्थापनको ६० औं वर्ष हीरक जयन्तीका रुपमा मनाउने भएको छ । पुस ७ गते परेको स्थापनाको ६० औं वसन्तलाई हीरक जयन्तीका रुपमा विद्यालयले मनाउने भएको हो ।

    हीरक जयन्तीलाई सप्ताहब्यापी कार्यक्रम गरेर विद्यालयले मनाउने भएको सोमबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । हीरक जयन्ती मुल समारोह समितिका संयोजक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमलबहादुर शाक्यले हर्षाेउल्लासका साथमा हीरक जयन्ती मनाउने गरि तयारी थालिएको जानकारी दिए ।

    मंसिर २५ गतेदेखि पुस ७ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेर हीरक जयन्ती मनाउन थालिएको छ । विद्यालयका प्रधानअध्यापक पदमराज ज्ञवालीले सोही अवसरमा सोमवार मंसिर २६ गते विद्यालय परिषरमा वृहद रक्तदान, मंसिर २७ गतेदेखि पुस १ गतेसम्म जिल्लास्तरीय भलिवल प्रतियोगिता, पुस १ गते नै अन्तरसदनात्मक भलिवल प्रतियोगिता, पुस २ गते टोल विकास संस्थास्तरीय हाजिरीजवाफ प्रतियोगितासँगै साहित्यिक कार्यक्रम, पुस ३ गते विभिन्न खेलकुद प्रतियोगिता, पुस ४ गते नगरस्तरीय विद्यालय वक्तृत्वकला प्रतियोगितासँगै साँस्कृतीक कार्यक्रम र पुस ५ गते नगरस्तरीय विद्यालय साँस्कृतिक प्रतियोगिता गरिने छ ।

    पुस ७ गते हीरक जयन्ती मुल समारोह र सोही दिन उजिर सिंह स्मारीका विमोचन, विभिन्न क्षेत्रका ब्यक्ति तथा संघसंस्थालाई सम्मान कार्यक्रम हुने छ । मुल समारोहको पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    विद्यालयका प्रअ ज्ञवालीले एक हजार एक सय ६६ जना विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा २८ शिक्षक कर्मचारीले अध्यापन गराउदै आएको उल्लेख गर्दै प्राचार्य ज्ञवालीले विद्यालय आर्थिक रुपले समस्यामै रहेको बताए ।

    पत्रकार सम्मेलनमा विद्यालयका राजमार्ग वारी र पारि गरि ३१ वटा सटर विद्यालयका नाममा रहेतापनि ति मध्य केहीको मात्र भाडा उठ्ने गरेको बताउदै विद्यालय संचालनका लागि समस्या रहेको बताएको छ ।

    विद्यालयका शिक्षक यमप्रसाद श्रेष्ठको संचालनमा भएको पत्रकार सम्मेलन कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, शिक्षक अभिभावक संघका सुहाबहादुर नेपालीलगायतले आ आफ्ना भनाई राखेका थिए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend