अर्घाखाँची । निर्माण ब्यबसायि सघं अर्घाखाँचीका अध्यक्ष युवा ब्यबसायि बसन्त भुसालले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चिताका लागि सरकार सधै उदासिन हुने गरेको बताउनु भएको छ ।
निर्माण ब्यबसायिहरुले कामसम्पन्न गरेर पनि राज्यबाट भुक्तानी पाउन नसकेको गुनासो समस्या बोकेर अर्थमन्त्री कहाँ पुगेर जिल्ला फर्कनु भएका भुसालले निर्माण ब्यबसायिले सामान्य गल्ती गरेपनि तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपनि राज्यले जरिवाना हर्जना लगाउने ठेक्का तोड्ने तर निर्माण ब्यबसायिले काम सम्पन्न गरेको बर्षौ सम्म पैसा भुक्तानी नपाउदा राज्यले कुनै वास्ता नगर्नु दुखद भएको बताउनु भएको छ ।
अध्यक्ष भुसालले निर्माण ब्यबसायिहरु जताततै बाट मर्कामा परेको बताउदै नेपालमा लगानी गरेर लगानीको बाताबरण सुरक्षित नहुदाँ उधोगि ब्यबसायिहरु धरासाई हुने अबस्था आएको बताउदै सम्पन्न गरिएका योजनाहरुको भुक्तानी तत्काल गर्नका लागि सरकारसगँ जोददार माग गर्नु भएको छ ।