रोल्पा।परिवर्तन गाउँपालिकामा अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० आज सम्पन्न भएको छ।शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ राङ्कोटको धामाचौरमा मंगलबार एक कार्यक्रम बीच सम्पन्न भएको हो।स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुद भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो।
परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर,३ का वडा अध्यक्ष खिम विक्रम चन्द,जनसेवा नमूना माविका प्रधानाध्यापक भिम प्रकाश पुन र अस्थाई प्रहरी पोष्ट पुतलाचौरका निरीक्षक किरण चौधरी,छड्के देउराली युवा क्लब परिवर्तन गाउँपालिका-५ का सचीव भिम बहादुर वली र नव दुर्गा युवा समाजका अध्यक्ष दिपा थापा मगर लगायतको आतिथ्यता रहेको थियो।
परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० परिवर्तन गाउँपालिकाको तत्वबधान तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजनामा मिति २०८० साल मङ्सिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता २६ गते मंगलबार सम्पन्न हुन पुगेको हो।परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा २३ स्वर्ण,९ रजत र ४ कांस्य प्राप्त गर्दै परिवर्तन गाउँपालिका-२ राङ्सी प्रथम भइ बिजेता पुरस्कार नगद रु १ लाख सहित ट्रफी र अध्यक्ष कप हात पारेको छ।
६ स्वर्ण ८ रजत र ३ कांस्य प्राप्त गर्दै परिवर्तन गाउँपालिका-३ थुनिकोट द्वितीय भइ उप-बिजेता पुरस्कार नगद रु ५० हजार सहित ट्रफी हात पारेको छ।६ स्वर्ण,६ रजत र ५ कांस्य प्राप्त गर्दै परिवर्तन गाउँपालिका-५ राङ्कोट तृतीय भइ ट्रफी हात पारेको छ।५ स्वर्ण,७ रजत र ७ कांस्य प्राप्त गर्दै परिवर्तन गाउँपालिका-४ पाछाबाङ चौथो भएको छ।२ स्वर्ण,३ रजत र ० कांस्य गरी परिवर्तन गाउँपालिका-१ कुरेली पाचौं भएको छ।१ स्वर्ण,२ रजत र ७ कांस्य प्राप्त गर्दै परिवर्तन गाउँपालिका-६ इरिबाङ छैठो भएको छ।
परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा फुटबल ए साइड पुरुष तथा महिला।भलिबल पुरुष तथा महिला।कबड्डी पुरुष तथा महिला।एथलेटिक्स पुरुष तर्फ १ सय मिटर दौड,८ सय मिटर दौड,३ हजार मिटर दौड,लमजम्प,हाईजम्प,ज्याबलिङ थ्रो र सटफुट।महिला तर्फ १ मिटर दौड,८ सय मिटर दौड,३ हजार मिटर दौड,लमजम्प,हाईजम्प,ज्याबलिङ थ्रो र सटफुट समावेश गरिएको थियो।
त्यस्तै बक्सिङ तर्फ पुरुष ५१ केजी,५४ केजी,५७ केजी।बक्सिङ महिला तर्फ ५० केजी,५४ केजी ५७ केजी।कराँते तर्फ पुरुष अण्डर ४२ केजी,अण्डर ४७ केजी, अण्डर ५२ केजी।महिला तर्फ अण्डर ४० केजी,अण्डर ४५ केजी,अण्डर ५० केजी।आईटीएफ तेक्वान्दो तर्फ पुरुष ४१ टु ४५ केजी तौल समूह ४६ टु ५० केजी तौल समूह,५१ टु ५५ केजी तौल समूह।महिला तर्फ ३६ टु ४० केजी तौल समूह,४१ टु ४५ केजी तौल समूह,४६ टु ५० केजी तौल समूह।क्रीकेट पुरुष तथा महिला टि।ब्याडमिन्टन तर्फ मिन्स डबल र ओमिन्स डबल समावेश गरिएको थियो।
परिवर्तन गाउँपालिका अध्यक्ष रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० समाप्न कार्यक्रम सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य श्याम शाही ठकुरीले गर्नु भएको थियोे।