Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

खेलकुदमा बजेटको व्यवस्थापन गरिदिन बाठामगरको आग्रह


२६, मंसिर २०८०
  • 555
    SHARES
  • खेलकुदमा बजेटको व्यवस्थापन गरिदिन बाठामगरको आग्रह

    रोल्पा ।परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष बिक्रम बाँठा मगरले परिवर्तन गाउँपालिकालाई आवश्यक बजेटको व्यवस्थापन गरिदिन आग्रह गर्नु भएको छ।

    मङ्सिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को मंगलबार शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ राङ्कोट्को धामाचौरमा समाप्न गर्दै बाँठा मगरले परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरलाई आग्रह गर्नु भएको हो।

    'हामीलाई खेलकुद क्षेत्रमा एउटा निश्चित बजेट आवश्यकता रहेको जिकिर गर्नु भएको छ।अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई यहाँ मात्र नभई बाहिर खेलकुदमा समावेश गराउन लैजान हामीलाई समस्या रहेको छ'-उनलेे भने।

    'हामीले अन्य गाउँपालिकामा आयोजना हुने खेलकुद प्रतियोगिता र जिल्ला स्तरमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन र गराउन आर्थिकको समस्या रहेको छ।त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गरी छुट्याइ दिन गाउँपालिका समक्ष आग्रह गर्दछु'-उनले भने।

    साथै बाँठा मगरले"स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुद"भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० परिवर्तन गाउँपालिकाको तत्वबधान तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति,रोल्पाको आयोजनामा मिति २०८० साल मङ्सिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सफल पार्न सहयोग गर्नेलाई धन्यवाद दिए।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend