Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा


२७, मंसिर २०८०
  • 159
    SHARES
  • सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा

    बागलुङ । लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो । 

    राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्डमा ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसकेको थियो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन । सरकारले सडक स्तरोन्नतिका लागि गत वर्ष रु ६० करोड विनियोजन गरेको थियो । 

    गत वर्ष बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द÷ओमबुद्ध जेवी काठमाडौँले रु २३ करोडमा ३० महिनामा सक्ने गरी कामको जिम्मा लिएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । 

    लामो समयदेखि काममा नलागेको निर्माण कम्पनी स्थानीयस्तरबाटै दबाब बढेपछि अहिले कामले गति लिएको हो । उक्त सडक खण्डअन्तर्गत पर्ने बुर्तिबाङ–ढोरपाटन खण्डमा निर्माण कम्पनीले तीन स्थानमा पहरा काट्ने, नाली निर्माण र सडक फराकिलो बनाउन थालेको छ ।

    बुर्तिबाङ लक्ष्मीकुण्ड मोटरबल पुलदेखि ढोरपाटन क्षेत्रतर्फ २२ किलोमिटर सडक स्ट्यान्डर्ड ग्राभेलिङको जिम्मा पाएको स्वच्छन्द ओम बुद्ध जेभीले ढोरपाटन जान वैकल्पिक सडक निर्माण गरी कामलाई तीव्रता दिएको स्थानीय खिमबहादुर बिकले बताउनुभयो । निर्माण कम्पनीले धमाधम काम सुरु गरेपछि अब सडक बन्ने आशा पलाएको उहाँको भनाइ छ । बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भन्दै बाटोका कारण सास्ती भोगेको बताउनुभयो । बाटो राम्रो बनेपछि स्थानीय र पर्यटकलाई सहज हुने उहाँ बताउनुहुन्छ ।

    निर्माण कम्पनीले बुर्तिबाङ बजार नजिक, ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको बतासेडाँडा–९ को सुप्राङ क्षेत्रमा ठूला–ठूला पहरा फोड्ने र सडक फराकिलो बनाउने काम गरिरहेको निर्माण कम्पनी स्वच्छन्द/ओमबुद्ध जेवीका प्रतिनिधि दीपेश लामाले बताउनुभयो । 

    कूल एक सय ९१ किलोमिटर मध्य बागलुङ खण्डमा मात्रै ६१ मिलोमिटर सडक पर्छ । त्यसमध्ये चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्र भइसकेको छ । त्यसबाहेक ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण छ । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा खासै काम हुन सकेको छैन । सडकको ट्र्याक आर्थिक वर्ष २०७२/०७३ मा खुलेको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend