Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आगामी राष्ट्रियसभा निर्वाचनमा न्यायपूर्ण तवरले टिकट बितरण गरिनुपर्छ : नेता कोइराला


२७, मंसिर २०८०
  • 152
    SHARES
  • आगामी राष्ट्रियसभा निर्वाचनमा न्यायपूर्ण तवरले टिकट बितरण गरिनुपर्छ : नेता कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा जोड दिएको छ । बुधबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै रहेको र आफु अनुकुललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा जोड दिएको हो ।

    यसअघिको निर्वाचनमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्ड र न्यायोचित टिकट बितरणका लागि दवाव दिने निर्णय समेत सो समूहको भेलाले गरेको छ । भेलामा राष्ट्रियसभा निर्वाचन लगाएत पार्टीको आन्तरिक बिषयमा छलफल भएको कांग्रेस नेता शेखर कोइरालाले बताउनुभयो ।

    उहाँले देश र कांग्रेस ठिक ढंगले चल्न नसकेकोमा आफुहरुको ध्यान केन्द्रीत रहेको जिकिर गर्नुभयो । कोइरालाले आफ्नो समूह ठीक ढंगले चलेको र महामन्त्री र आफ्नो एजेण्डामा एक इन्च पनि फरक नरहेको दावी गर्नुभयो । 

    त्यस्तै कांगस्रे महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा आफुहरुको जोड रहेको बताउनुभयो । बैठकमा महासमिति बैठकलाई तोकिएको समयमा नै प्रभावकारी रुपमा गर्नुपर्ने बिषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

    महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला एकमाथि अर्को प्रकरण आउनुलाई सामान्य रुपमा लिन नहुने भन्दै पार्टीभित्र बृहत छलफल गर्नुपर्ने धारणा राख्नुभयो । थापाले कोइराला र आफुबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको पनि स्पष्ट पार्नुभयो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend