Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

समितिको अध्यक्षमा नियुक्ति र पदच्युतको भुमरीमा अर्घाखाँची अस्पताल


२७, मंसिर २०८०
  • 167
    SHARES
  • समितिको अध्यक्षमा नियुक्ति र पदच्युतको भुमरीमा अर्घाखाँची अस्पताल

    अर्घाखाँची । विकास समितिको अध्यक्षमा नियुक्ति र पदच्युतको भुमरीमा अर्घाखाँची अस्पताल परेको छ । राजनैतिक किचलोका कारण अर्घाखाँची अस्पतालको विकास समिति अध्यक्ष नियुक्ति हुने र पदच्युत हुने होड चलिरहेको छ । जसका कारण स्वास्थ्य सेवा प्रवाहमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।

    २०७८ वैशाख ३१ गते अस्पताल विकास समितिको अध्यक्षमा सन्धिखर्क १ निवासी श्रीकृष्ण भुसाल नियुक्त भए । भुसाललाई २०७८ पौष २५ गते अध्यक्ष पदबाट हटाइयो । 

    २०७८ फागुन १७ गते लुम्बिनी प्रदेश सरकारले नेपाली कांग्रेसको जिल्ला सचिव समेत रहेका कृष्ण खनाललाई अध्यक्षमा नियुक्त गर्‍यो । उता श्रीकृष्ण भुसाल पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च पुगे । मिति २०७९ असार १४ गते सर्वोच्च अदालतले अर्घाखाँची अस्पतालका अध्यक्ष श्रीकृष्ण भुसाललाई अध्यक्षमा निरन्तरता दिन अन्तरिम आदेश दियो र उनको पुनर्बहाली भयो ।

    २०८० कार्तिक २३ गते प्रदेश सरकारले पुनः श्रीकृष्ण भुसाललाई हटाएर सन्धिखर्क नगरपालिका १२ का लिलाधर बस्याललाई अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्‍यो । बस्यालले पदभार ग्रहण समेत गरिसकेका थिए । तर भुसालले आफ्नो कार्यकाल पूरा नहुँदै आफूलाई पूर्वाग्रह रूपमा हटाइएको र यो नियुक्ति कानून अनुरुप नभएको भन्दै खारेज गर्न अन्तरिम आदेशको माग गरि सर्वोच्चमा निवेदन दिए ।

    २०८० मंसिर १९ गते सर्वोच्चले भुसालको पक्षमा अल्पकालीन आदेश जारी गरेसँगै पुनः श्रीकृष्ण भुसालले अस्पताल विकास समितिको अध्यक्षमा निरन्तरता पाएका छन् । यद्यपि अन्तिम फैसला भने भएको छैन । यसरी २०७८ मा ३ वर्षे कार्यकालका लागि नियुक्त भएका भुसाल हटाउने र पुनर्बहाली हुने चलिरहेको छ ।

    अर्घाखाँची अस्पताल विकास समिति अस्थिर हुँदा अस्पतालका दैनिक काम काजहरूदेखि  समग्र अस्पतालको व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend