अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले जेठ २१ गते सार्वजनिक विदा निर्णय गरेको छ । नगरपालिकाले शुक्रवार एक सुचना जारी गर्दै जेठ २१ गते आइतबार पूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारद्धारा राजपत्रमा प्रकाशित स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरी स्थानीय तहको निर्णयबाट सम्बन्धित स्थानीय तहभरी लागु हुने गरी १ (एक) दिन स्थानीय विदा दिन सक्ने भए बमोजिम स्थानीय रुपमा प्रचलित रहेको भुमे पुर्णिमा अर्थात् भुमिकास्थान नगरपालिकाको नामाङ्करण र भुमेकाथान स्थापना भएको दिन हो ।
सो अवसर पारेर नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय तथा संघसंस्थाहरुलाई जेठ २१ गते आइतबार सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद पोख्रेलले सुचना मार्फत जानकारी गराएको छ । भूमिकास्थान नगरपालिका –२,ढाकावाङ्गमा रहेको भुमेकाथानको मन्दिरको नामबाट नै नगरपालिकाको नामाकरण गरिएको हो ।