काठमाडौँ । अस्ट्रेलियाका ब्याटर ट्राभिस हेड ६ करोड ८० लाख भारुमा सनराइजर्स हैदराबादमा अनुबन्ध भएका छन् ।
यूएईको दुबईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मिनी अक्शनमा ट्राभिस हेड हैदराबादमा अनुबन्ध भएका हुन् । उनलाई लिन हैदराबाद र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा भए पनि अन्तिममा हैदराबादले अनुबन्ध गरेको छ । उनको बेस प्राइस २ करोड भारु थियो ।
ट्राभिस हेड आईसीसी विश्वकप क्रिकेट २०२३ को फाइनलमा प्लेयर अफ द म्याच बनेका थिए । फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटौँ पटक च्याम्पियन बनेको थियो ।