Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मसुरीया महायज्ञमा दान गर्ने भरतराज न्यौपाने अहिले सम्मकै उत्कृष्ट दानवीर


३, पुस २०८०
  • 167
    SHARES
  • मसुरीया महायज्ञमा दान गर्ने भरतराज न्यौपाने अहिले सम्मकै उत्कृष्ट दानवीर

    भालुवाङ। लुम्बिनी प्रदेशको राजधानी स्थल दाङ–देउखुरीको राप्ती गाउँपालिका –३ मसुरियामा सञ्चालित महायज्ञमा अहिले सम्म ७ लाख २७ हजार रूपैयाँ संकलन भएको छ । 

    गत मंसिर २७ गते बाट संचालित महायज्ञको छैठौं दिन सम्ममा सो रकम संकलन भएको सचिवालय सदस्य दलबहादुर घर्तीले जानकारी दिएका छन् ।महायज्ञमा ५१ हजार ५ रूपैयाँ दान गर्ने राप्ती गाउँपालिका ३ बाघढड्डी निवासी भरतराज न्यौपाने अहिले सम्मकै उत्कृष्ट दानवीर बनेका छन् । घण्टदेव धाम धार्मिक पर्यटकिय जलाधार संरक्षण स्थलको प्रारम्भिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका जारी श्रीमद् भागवत महापुराण सप्ताह धनधन्याचल ज्ञान महायज्ञमा न्यौपानेले सो रकम दान गरि अहिले सम्मकै उत्कृष्ट दानवीर बनेका हुन् । 

    त्यसैगरि महायज्ञमा राप्ती गाउँपालिका ३ बाघढड्डी निवासी डम्बरबहादुर जिसीबाट ३२ हजार २५, राप्ती गाउँपालिका ३ मसुरीया निवासी नारायण प्रसाद भुसालबाट ३१ हजार ५ सय ५५, राप्ती गाउँपालिका ३ बाघढड्डी निवासी सिताराम गिरीबाट २५ हजार ५५, बुटवल उपमहानगरपालिका ९ मिलनचोक निवासी धर्मराज अधिकारीबाट २५ हजार ५, राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी गणेश जिसीबाट १७ हजार ५०, राप्ती गाउँपालिका ३ मसुरीया निवासी सन्तोष कुमार घिमिरेबाट १५ हजार ५ सय ५५, राप्ती गाउँपालिका २ बराखुट्टी निवासी हेमकुमार खड्काबाट १५ हजार ५५, राप्ती गाउँपालिका ३ बाघढड्डी निवासी हरिकला खनालबाट १५ हजार ५ रूपैयाँ दान संकलन भएको प्रचारप्रसार समिति संयोजक मोतीराम भट्टराईले जानकारी दिएका छन् ।

    यस्तै महायज्ञमा राप्ती गाउँपालिका ३ मसुरीया निबासी दुर्गाभवानी आधारभुत विद्यालय कक्षा ३ मा अध्ययनरत   ९ वर्षिय नारायण चौधरीले आफ्नो खाजा कटाई खुत्रुके फोडेर ३ हजार ५ रूपैयाँ दान गरेका छन् । त्यस्तै राप्ती गाउँपालिका ३ मसुरीया निवासी ८ वर्षिया बालिका  बिबिशा अधिकारीले टिका लगाएको दक्षिणाबाट १हजार ११ रूपैयाँ महायज्ञमा दान गरेकी छिन् ।

    महायज्ञ अवधीभर नेपालकै ख्याती प्राप्त प्रखर वाचक व्यासाचार्य श्री भक्तराज जोशी भगवतशरण ज्यूको श्रीमुखारबिन्दवाट सु–मधुर शैलीमा कथा वाचन भईरहेको आयोजकले जानकारी दिएको छ । महायज्ञमा मण्डप पुजा मंसिर २७ देखि पुस ४ गते सम्म दैनिक बिहान ६ बजे देखि ८ बजे सम्म, दैनिक भागवत पाठ परायण, भजनकिर्तन साथै देवलिला झाँकी विहान ८ बजे देखि १० बजे सम्म, दैनिक प्रवचन विहान ११ बजे देखि ४ बजे सम्म र बेलुका ७ बजे देखि राति १० बजे सम्म, लाखबत्ती जागाराम पुस ४ गते र महायज्ञ समापन पुस ४ गते राति गरिने आयोजकले बताएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend