Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मिचेल बने आईपीएलकै महँगा खेलाडी, कसले किन्यो त ?


३, पुस २०८०
  • 177
    SHARES
  • मिचेल बने आईपीएलकै महँगा खेलाडी, कसले किन्यो त ?

    काठमाडौँ । अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् । ३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो ।

    प्रारम्भिक मुल्य २ करोड तोकिएका उनका लागि सुरुमा दिल्ली क्यापिटल्सले बोली लगाएको थियो । त्यसपछि मुम्बई इण्डियन्सले बोली लगाएका थिए । त्यसपछि मुम्बई इण्डियन्सले ८ करोडको बोली लगायो ।

    त्यसपछि प्रतिस्पर्धामा आएको कोलकता नाइट राइडर्सले ८ करोड ८० लाखको बोली लगाएको थियो । मिचेल लिने प्रतिस्पर्धामा गुजरात टाइटन्स प्रवेश गरेपछि उनको मुल्य १० करोड पुगेको थियो ।

    त्यसपछि गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सबीच होड चल्यो र गुजरात उनका लागि २४ करोेडसम्म तिर्न तयार भएको थियो तर अन्तमा कोलकताले २४ करोड ७५ लाखमा बाजी मार्‍यो । मिचेल ८ वर्षअघि आईपीएलमा फर्किएका हुन् ।

    सन् २०१४–१५ को सिजनसम्म उनले रोयल च्यालेन्जर्स बैंगलोरबाट आईपीएल खेलेका थिए । आईपीएलका २७ खेलमा उनले ३४ विकेट लिएका छन् भने ब्याटिङतर्फ उनले १२ इनिङ्समा ९६ रन मात्र बनाएका छन् । यसअघि अष्ट्रेलियन कप्तान प्याट कमिन्स साढे २० करोड भारुमा बिकेका थिए । कमिन्सलाई सनराइजर्स हैदरावादले किनेको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend