Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अध्यक्ष कपमा सहभागी भएका खेलाडीहरुलाई सम्मान


अध्यक्ष कपमा सहभागी भएका खेलाडीहरुलाई सम्मान

रोल्पा।परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा सहभागी भएका खेलाडीहरुलाई सम्मान गरेको छ।

परिवर्तन गाउँपालिका वडा नम्बर-६ खेलकुद विकास समिति इरिबाङले मंगलबार एक औपचारिक कार्यक्रम गरि आफ्नो वडाबाट सहभागी भएका करिब १२ जना खेलाडीहरुलाई परिवर्तन गाउँपालिका-६ को वडा कार्यालय कोल्बोट नाफेमा खाडा,माला,अबिर र प्रमाणपत्रले सम्मान गरिएको हो।

परिवर्तन गाउँपालिका वडा नम्बर-६ खेलकुद विकास समितिका अध्यक्ष गगन बुढा मगरको अध्यक्षतामा भएको खेलाडीहरुलाई सम्मान कार्यक्रममा पूर्व सहायक मन्त्री भिम कुमारी बुढा मगरको प्रमुख आतिथ्यता र परिवर्तन गाउँपालिका-६ का वडा अध्यक्ष भरत कुमार बुढा मगरको विशिष्ट आतिथ्यता रहेको थियो।नेपाली कांग्रेस केन्द्रीय सूचना,सञ्चार तथा प्रचार विभाग सदस्य हुकुम बहादुर बुढा मगर,मगरात मुक्तिमोर्चा नेपालका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचीव कर्ण बहादुर बुढा मगर,परिवर्तन गाउँपालिका-६ का वडा सदस्यहरु गण बहादुर बुढा मगर,ओमसरा बुढा मगर र कल्पना परियार,नेपाली कांग्रेस परिवर्तन गाउँपालिका-६ का वडा सभापति वीर बहादुर घर्ती मगर,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका-३ का सह-सचीव तथा वाइसीएल नेपाल परिवर्तन गाउँपालिका गाउँकमिटी सदस्य अनिल पुन मगर,नेपाल राष्ट्रिय मावि कोल्बोट नाफेका शिक्षक मदन घर्ती मगर,टोल विकास संस्थाका पदाधिकारी र स्थानीय युवा किरण महर लगायतको आतिथ्यता रहेको थियोे।

परिवर्तन गाउँपालिका वडा नम्बर-६ खेलकुद विकास समितिका सदस्य तथा परिवर्तन गाउँपालिका युवा सञ्जालका सचीव रबिन बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको सहभागी खेलाडीहरुलाई सम्मान कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका-६ का वडा सचीव तथा परिवर्तन गाउँपालिका वडा नम्बर-६ खेलकुद विकास समितिका सदस्य सचीव हिरामणी रोका मगरले गर्नु भएको थियो।२२ मङ्सिर देखि २५ मङ्सिर सम्म परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा परिवर्तन गाउपालिका-६ बाट सहभागी भइ खेलकुद प्रतियोगितामा समावेश ४२ वटा इभेन्टमा १ स्वर्ण,२ रजत र ७ कांस्य प्राप्त गर्दै छैठौं भएको थियो।I

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend