Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एनएसएल : आज काठमाडौँ र वीरगञ्ज भिड्दै


५, पुस २०८०
  • 135
    SHARES
  • एनएसएल : आज काठमाडौँ र वीरगञ्ज भिड्दै

    काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)२०२३ अन्तर्गत आज साविक विजेता काठमाडौँ रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

    साविक विजेता काठमाडौँका लागि शीर्ष चारमा पुग्न यो खेल महत्त्वपूर्ण छ । काठमाडौं ६ खेलबाट ९ अङ्कसहित पाँचौँ स्थानमा छ । आज वीरगञ्जलाई हराएमा काठमाडौँले दोस्रो स्थानको धनगढी एफसीसँग अङ्क बराबरी गर्नेछन् ।

    पोखरा थण्डर्स ७ खेलबाट १४ अङ्क जोड्दै शीर्ष स्थानमा छ र प्लेअफमा स्थान पक्का गरिसकेको छ । यस्तै ललितपुर सिटी एफसी र झापा एफसीको समान १० अङ्क छ । गोल अन्तरमा ललितपुर अघि छ ।

    प्लेअफका बाँकी तीन स्थानका लागि मुख्य गरी धनगढी, ललितपुर, झापा र काठमाडौं ४ टिम होडमा छन् । त्यसैले अब हुने हरेक खेल महत्त्वपूर्ण हुनेछ ।

    तर वीरगञ्जको पनि शीर्ष चारमा रहने अंकगणितीय सम्भावना बाँकी नै छ । वीरगञ्ज हाल ६ खेलबाट ५ अङ्कसहित अन्तिम स्थानमा छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend