Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाल सुपर लिगमा आज दुई खेल


६, पुस २०८०
  • 135
    SHARES
  • नेपाल सुपर लिगमा आज दुई खेल

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार दुई खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

    शीर्ष स्थानको पोखरा सात खेलबाट १४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। यो खेलमा जित निकालेमा ऊ सोझै फाइनल पुग्नेछ।

    सात खेलबाट १२ अंक सहित धनगढी लिग तालिकाको दोस्रो स्थानमा छ। ऊ पोखरालाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ। धनगढी पोखरासँगै पहिलो क्वालिफायर पक्का गर्न दाउमा हुनेछ।

    दशरथ रंगशालामै हुने अपराह्न ५ बजे शुरु हुने दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्नेछन्।

    चौथो स्थानको झापा शुक्रबारको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। यो खेल जितेर उसलाई शीर्ष चारमा स्थान पक्का गर्ने अवसर छ।

    तालिकाको पुछारमा रहेको चितवन प्रतियोगिताको सुखद अन्त्य गर्ने प्रयासमा रहनेछ। उसको दाउ झापालाई प्लेअफ खेल्नबाट रोक्नु पनि हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend