Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले बागमती प्रदेशलाई हरायो


६, पुस २०८०
  • 145
    SHARES
  • प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले बागमती प्रदेशलाई हरायो

    काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । 

    बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् ।
     
    कोशी प्रदेशकी अर्की खेलाडी अपसरी बेगमले पनि समान ४१ रन बनाइन् । उनले ५४ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् । कप्तान रुविना क्षेत्रीले दुई रन बनाइन् । बलिङतर्फ बागमतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एक/एक विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो । 

    बागमतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन् । त्यस्तै अस्मीना कमचार्यले २४ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडिन भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीनरतीन जोडे । 

    बलिङतर्फ कोशी प्रदेशकी अपसरी बेगम र सबनम राइले समान दुई/दुई विकेट लिए भने सङ्गीता राईले एक विकेट लिइन् । यस जीतसँगै कोशी प्रदेशले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । यता बागमतीको भने यो पहिलो हार हो । हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend