Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

देवदहमा 'प्रथम देवदह मिडिया फेस्टिबल' हुने


१९, जेठ २०८०
  • 304
    SHARES
  • देवदहमा 'प्रथम देवदह मिडिया फेस्टिबल' हुने

    देवदह । रुपन्देहीको देवदहमा 'प्रथम देवदह मिडिया फेस्टिबल' हुने भएको छ। देवदह प्रेस क्लबको आयोजनामा जेष्ठ २४ देखि २६ गते सम्म ३ दिन मिडिया फेस्टिबल' संचालन हुन लागेको हो। 

    मोफसल तथा राष्ट्रिय पत्रिकाका सम्पादक, रेडियो टेलिभिजन तथा अनलाइनका सम्पादक तथा लेखक,पर्यटन, कृषि, सहकारी, वन, तथा कानुनका ज्ञाता, जनप्रतिनिधि तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा बुद्धको मावली स्थल देवदहमा तीन दिवसीय मिडिया फेस्बिटल सम्पन्न गर्न लागिएको संस्थाका अध्यक्ष बिष्णु प्रसाद पोखरेलले जानकारी दिए। 

    कोलिय गणराज्यको राजधानी, गौतम बुद्दको मावली स्थल देवदहमा हुन लागेको उक्त कार्यक्रमले लुम्बिनी संगै देवदहको पर्यटन विकासमा सहयोग पुग्ने बताए। कार्यक्रम अवधिभर फरक फरक सेसन बनाएर मिडियाको वर्तमान अवस्था, समाजमा सकारात्मक परिवर्तनका निमित्त मिडियाको भूमिका, वन ,पर्यटन, कृषि तथा सुशासनका विषयमा साक्षात्कार गरिने क्लबका अध्यक्ष पोखरेलले बताए। 

    कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमिति बनाएर जिम्मेवारी दिइएको क्लबका सचिव निर्मल थापाले जानकारी दिए । जस अन्तर्गत संस्थाका अध्यक्ष बिष्णु प्रसाद पोखरेल संयोजक र उपाध्यक्ष कमला अर्याल सह- संयोजक रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी संस्थाका सचिव निर्मल थापाको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । सचिवालय सह- संयोजकमा धनि कुमारी पन्थी रहेका छन् । 

    त्यसै गरि संस्थाका सह-सचिव धुब्र लामिछानेको संयोजकत्वमा पत्राचार तथा सम्पर्क, कोषाध्यक्ष मिन बहादुर अछामी रानाको संयोजकत्वमा आर्थिक विभाग, रेशम अधिकारीको संयोजकत्वमा सूचना तथा प्रचार प्रसार, ललिता घिमिरेको संयोजकत्वमा अतिथि सत्कार, नविन लुइँटेलको संयोजकत्वमा छपाई तथा फ्रेमिंग उप समिति गठन गरिएको सचिव थापाले बताए । 

    मिडिया फेस्टिबल सफल बनाउनका लागि बिभिन्न समन्वय समिति समेत गठन गरिएको छ । जस अन्तर्गत संस्थाका सल्लाहकार सिद्दिचरण भट्टराईको संयोजकत्वमा स्थानीय तह तथा लुम्बिनी विकास कोष समन्वय समिति, पवन पौडेलको संयोजकत्वमा सहकारी तथा होटेल व्यवसायी समन्वय समिति, रमेश कुमार पोख्रेलको संयोजकत्वमा सामुदायिक वन तथा सामाजिक संघ संस्था समन्वय समिति, टक बहादुर सुनारको संयोजकत्वमा पत्रकार महासंघ तथा प्रेस क्लब समन्वय समिति, झविन्द्र देवकोटाको संयोजकत्वमा सम्पादक तथा मिडिया हाउस समन्वय समिति, निर्मल ढुंगानाको संयोजकत्वमा सामुदायिक विद्यालय समन्वय समिति, राम बहादुर गुरुङको समन्वयमा निजि विद्यालय समन्वय समिति, दिपक न्यौपानेको संयोजकत्वमा जनप्रतिनिधि, राजनीतिक दल तथा संघ संगठन समन्वय समिति र प्रेम थापाको संयोजकत्वमा जातीय तथा सांस्कृतिक संघ संस्था समन्वय समिति गठन गरिएको छ । 

    बिभिन्न उपसमिति बनाएर फेस्टिबलको तयारी तिब्र पारिएको र केहि दिन भित्रै पत्रकार सम्मेलनको आयोजना गरि मिडिया फेस्टिबल बारे विस्तृत जानाकरी गराइने संस्थाका सचिव थापाले जानकारी दिए।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend