रोल्पा।स्थानीयतह संस्थागत क्षमता स्वमूल्यांकनमा रोल्पा नगरपालिकाले ८२.२५ प्रतिशत अंक ल्याएर जिल्लामै सर्वोत्कृष्ट हुन सफल भएको छ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको शुक्रबार सार्वजनिक गरेको सूचनामा रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्ये रोल्पा नगरपालिकाले १०० प्रतिशत मुल्यांकनमा(८२.२५ प्रतिशत)ल्याएर लिजामा प्रथम हुन सफल भएको हो।रोल्पा नगरपालिका लेखाशाखा प्रमुख बसन्त गिरीको जानकारी अनुसार स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्यांकनतर्फ(८४.५)अंक ल्याएर प्रदेशको चौथो स्थानीय तह बन्न सफल भएको छ-उनले भने।
लुम्बिनी प्रदेशको १०९ स्थानीय तह मध्ये रोल्पा नगरपालिका चौथो हुन सफल भएको लेखा प्रमुख गिरीले भने।त्यस्तै जिल्लाका अन्य पालिकाहरुले क्रमश त्रिवेणी गाउँपालिकाले ७६.२५ प्रतिशत ल्याएर दोस्रो,सुनिल स्मृति गाउँपालिकाले ६९ प्रतिशत ल्याएर तेस्रो,सुनछहरी गाउँपालिकाले ६६ प्रतिशत ल्याएर चौथो,रुन्टीगढी गाउँपालिकाले ६४.२५ प्रतिशत ल्याएर पाचौं,लुँग्री गाउँपालिकाले ६४.२५ प्रतिशत ल्याएर छैठौं,थबाङ गाउँपालिकाले ६३.७५ प्रतिशत ल्याएर सातौ,गंगादेव गाउँपालिकाले ६३.५ प्रतिशत ल्याएर आठौं,परिवर्तन गाउँपालिकाले ५०.५ प्रतिशत ल्याएर नवौं र माडी गाउँपालिकाले ४२.२५ प्रतिशत ल्याएर दसौं भएका छन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि २०७७ अनुसार मुल्यांकन गरिएको रोल्पा नगरपालिकाका योजना शाखा प्रमुख सुशील थापाले बताए।
स्थानीय तहको कार्यप्रकृया र उपलब्धीहरुको लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन,आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न,विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन आवधिक समिक्षाको लागि आधार प्राप्त गर्न र स्थानीय तहको बीचमा तुलना योग्य सूचकहरु तर्जुमा गरी प्रतिष्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउनका लागि यो कार्यविधि ल्याइएको हो।