Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बाङ्गलामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५सय भन्दा धैरे लाभान्वित


८, पुस २०८०
  • 153
    SHARES
  • बाङ्गलामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५सय भन्दा धैरे लाभान्वित

    अनिल नेपाली ,अर्घाखाँची।बाङ्गला रुपन्देही सम्पर्क समाजले आइतबार सन्धिखर्क नगरपालिका वडा न ४ र ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

    सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले मानिसको जीवनको अनिवार्य आधारभुत आबश्यकता रुपमा स्वास्थ्य नभई नहुने जीनबको महत्वपुर्ण आबश्यकता भएकोले स्वास्थ्यलाई राज्यले सर्बसुलभ गुणस्तरीय बनाउनुपर्ने जोड दिनुभयो । स्वास्थ्य माथि खेलबाड गर्नाले जनताले अकालमा मुत्युबरण गनुपर्ने अबस्था सिर्जना भएको बताउदै ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले सस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरले नागरिकमा सचेतना सिर्जना भई स्वास्थ्यमा नागरिक सबेदनशील र जिम्मेबार हुने बताए ।

    स्वास्थ्य शिविरको उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभयो । नगर प्रमुख श्रेष्ठले ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्यमा सबेदनशील र जिम्मेबार बनाउनको लागि जनताको घरदैलोको सरकार भएकोले जहिले पनि अभिभाबकीय भुमिका खेल्ने जिकिर गरे । 

    कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले नागरिक स्वास्थ्य प्रति जिम्मेबार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पुर्ब समन्वय प्रमुख पिताम्बर शर्मा भुसालले नागरिक प्रति समाज जिम्मेबार बनेकोले यस्ता कामलाई अझ प्रभाबकारी बनाउनुपर्ने बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ ५ का अध्यक्ष ऋषब अधिकारी जीवनोद्धार माध्यमिक विधालयका प्रधानाध्यापक नम बहादुर भाट क्षेत्री लगायतले मन्तब्य राख्दै ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्यप्रति जिम्मेबार र प्रतिबद्ध बनाउनको लागि समाजले खेलेको भुमिकाको मुक्तकण्ठले प्रशासा समेत गरेका थिए ।

    कार्यक्रममा एडमण्ड सिटी अस्पतालका अध्यक्ष प्रकाश रानाले ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । स्वास्थ्यलाई राज्यले निशुल्क बनाउनुपर्ने बताउदै आधारभुत रुपमा स्वास्थ्यको पहुच नपुगेका नागरिकलाई यस्ता शिविरले स्वास्थ्य प्रति जिम्मेबार बन्नको लागि प्रेरणा मिल्ने बताए । 

    शिबिरमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको थियो । अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि समाजको आयोजना एडमण्ड अस्पतालको प्राविधिक सहयोगमा एक दर्जन चिकित्सकहरुको सहभागितामा संचालित शिविरबाट वडाका ५ सय २५ जना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका छन्।

    स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, हाडजोर्नी तथा नशारोग , मुटु रोग, जनरल फिजिसियन ,मेडिकल ल्याब टेक्नोलोजिस्ट, भिडियो एक्सरे लगायतका सेबा दिनुको साथै परामर्श समेत दिइएको थियो । शिविरलाई सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत सञ्चालन गनुपर्ने महिला तथा प्रसुती रोग विशेषज्ञ डा सतिष रुपाखेतीले बताउनुभयो । 

    शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रा।डा प्रकृति राज कडेल ,मुटु रोग विशेषज्ञ सह प्रध्यापक डा अजय अधिकारी,जनरल फिजिसियन विशेषज्ञ डा केशब राज शर्मा,नाक,कान,घाटी रोग विशेषज्ञ डा महेश पोख्रेल , जनरल सर्जरी विशेषज्ञ डा कमल कार्की मेडिकल अफिसर डा दुर्गा खत्री, डा रोहित खड्का डा विकाश घिमिरे, डा रोशन कुुमार यादब लगायतका चिकित्सकले सेबा दिनु भएको थियो ।

    कार्यक्रम सस्थाका अध्यक्ष प्रकाशमणि खनालको अध्यक्षता उपाध्यक्ष बाबुराम भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न सघसस्थाका प्रतिनिधि जनप्रतिनिधि , सामाजिक अगुबा सस्थाका पदाधिकारी सदस्य सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

    received_906334551005822.jpeg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend