Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आफ्नो लक्ष्य हासिल नभएसम्म गाजामा सैन्य अभियान नरोक्ने इजरायलको प्रतिबद्धता


९, पुस २०८०
  • 141
    SHARES
  • आफ्नो लक्ष्य हासिल नभएसम्म गाजामा सैन्य अभियान नरोक्ने इजरायलको प्रतिबद्धता

    इजरायल । इजरायली सेनाले गाजामा आफ्नो सैन्य अभियान जारी राख्ने जनाएको छ । इजरायली सेनाले यो अभियान कठिन र लामो हुने बताएको बीबीसी हिन्दीले जनाएको छ । इजरायली सेनाले यो हप्ता उत्तरी गाजा र दक्षिणी गाजामा कारबाही विस्तार गरेको छ ।

    इजरायलको एक सञ्चारमाध्यमसँगको अन्तरवार्तामा पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म यो युद्ध जारी रहने बताउनुभएको खबरमा उल्लेख छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गर्दै नागरिकको सुरक्षामा जोड दिन आग्रह गर्नुभएको छ । राष्ट्रपति बाइडेनले आफूले युद्धविरामका लागि कुरा नगरेको तर नागरिकको सुरक्षामा जोड दिएको बताउनुभएको हो ।

    हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म २० हजारभन्दा धेरै मानिस मारिएका छन् जसमा झन्डै नौ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् । इजरायलतर्फ अहिलेसम्म १२ सय जनाको ज्यान गएको छ । हमासले दुई सय ४० जनालाई बन्धक बनाएकोमा झन्डै एक सय जनालाई रिहा गरेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend