Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अन्तराष्ट्रिय कराँते च्याम्पियनसीपमा भाग लिन ११ खेलाडी भारत जाँदै


११, पुस २०८०
  • 151
    SHARES
  • अन्तराष्ट्रिय कराँते च्याम्पियनसीपमा भाग लिन ११ खेलाडी भारत जाँदै

    काठमाडौँ । पुस १४ र १५ गते भारतको उत्तर प्रदेश स्थित आगरामा हुने अन्तराष्ट्रिय कराँते च्याम्पियनसीप-२०२३ मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै विराटनगरबाट ११ जना खेलाडीलाई बिदाइ गरिएको छ ।

    विराटनगर– ११ स्थित बालाजी डोजोका ११ जना खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई एक कार्यक्रम आयोजना गरी मोरङ कराँते महासंघले सफलताको शुभकामनासहित बिदाइ गरेको हो । उनीहरू भोलि त्यसतर्फ जानेछन् ।

    खेलाडीहरूलाई नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद बिकास बोर्डका संस्थापक सदस्यसचिव पर्शुराम बस्नेतले टीका र खादा लगाएर बिदाइ गरेका थिए ।

    कराँते महासंघ मोरङ अध्यक्ष रुपेश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतसहित जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष रोहित कोइराला, विराटनगर-११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपाने, जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुली, नेपाल खेलकुद महासंघका सूरज श्रेष्ठ, कराँते प्रशिक्षक मेनुका ठाकुरलगायत अभिभावकहरूको उपस्थिति थियो ।

    उक्त प्रतियोगितामा भाग लिन विराटनगरबाट आकृति कोइराला, सोनीया वन, आरुषा कोइराला, अन्वेशा न्यौपाने, दुर्गेशकुमार यादव, सन्तोषकुमार साह, अमन सहनी, बिबेक सिंह, पंकज साह, आलोक ठाकुरर बिशाल चौधरीले सहभागिता जनाउनेछन् ।

    खेलाडीहरूको साथमा प्रशिक्षकद्वय भुवन कट्टेल र मेनुका ठाकुर तथा व्यवस्थापक अजय ठाकुर छन् । च्याम्पियनसीपमा खेलाडीहरूले विभिन्न स्पर्धामा भाग लिने प्रशिक्षक ठाकुरले जानकारी दिइन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend