Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एनएसएलकाे विजेताले ७० लाख रुपैयाँ पाउने


१२, पुस २०८०
  • 173
    SHARES
  • एनएसएलकाे विजेताले ७० लाख रुपैयाँ पाउने

    काठमाण्डाै – दाेस्राे संस्करणकाे नेपाल सुपर लिग (एनएसएल) प्रतियाेगिताकाे विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएकाे छ ।

    नेपाल स्पाेर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) का प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले आज बुधवार विज्ञप्ति निकालेर एनएसएल विजेताले पाउने पुरस्कार राशिकाे रकम दाेब्बरले बढाएर ७० लाख रुपैयाँ पुर्‍याइएकाे जानकारी दिनुभएकाे छ । पहिलाे संस्करणकाे विजेता काठमाण्डाै रेजर्सले ३५ लाख रुपैयाँ पाएकाे थियाे । यस्तै उपविजेताले २० लाख रुपैयाँ पाउने विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडीले २ लाख तथा सर्वाधिक गाेलकर्ता, उत्कृष्ट गाेलकिपर र उत्कृष्ट युवा खेलाडीलाई समान १ लाख रुपैयाँ दिइने एनएसईएमका प्रबन्ध निर्देशक कार्कीले बताउनुभयाे ।

    दाेस्राे संस्करणकाे एनएसएलकाे फाइनल खेल आउँदाे शनिवार हुँदैछ । धनगढी एफसी फाइनलमा पुगिसकेकाे छ । फाइनलमा पुग्ने अर्काे टाेली बन्नका लागि भाेलि बिहीवार पाेखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दैछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend