Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप महिला क्रिकेट : प्लेअफ खेल्ने चार टोलीको टुङ्गो


१२, पुस २०८०
  • 127
    SHARES
  • प्रधानमन्त्री कप महिला क्रिकेट : प्लेअफ खेल्ने चार टोलीको टुङ्गो

    काठमाडौँ । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ । बिहीबार बागमती प्रदेशले कर्णालीलाई १० विकेटले हराएसँगै प्लेअफ खेल्ने सबै टोलीको टुङ्गो लागेको हो । प्लेअफमा एपिएफ, कोशी, सुदूरपश्चिम र बागमती पुगेका हुन् ।

    माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि ४३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बागमतीले ४.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली १३.४ ओभरमा ४२ रनमा अल आउट भयो ।

    त्यस्तै बिहीबार नै उपाधि दाबेदार एपिएफ क्लबले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्यो । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनायो । त्यस्तै अर्को खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्लेअफमा प्रवेश गर्न सफल भयो ।

    जितको लागि एक सय १९ रनको लक्ष्य पछ्याएको कोशीले १७.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । पराजित भएपनि सुदूर पनि तेश्रो स्थानका साथ प्लेअफमा पुगेको हो ।

    त्यस्तै बिहीबार नै मधेश प्रदेशले लुुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । जितको लागि ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मधेशले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend