Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भारतसँगको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी


१३, पुस २०८०
  • 197
    SHARES
  • भारतसँगको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी

    काठमाडौँ । भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ । घरेलु टोलीले भारतलाई एक इनिङ्स र ३२ रनले हरायो । योसँगै दक्षिण अफ्रिकाले २ टेस्टको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

    दोस्रो इनिङ्समा भारत १ सय ३१ रनमै अल आउट भएपछि दक्षिण अफ्रिका तेस्रो दिन नै विजयी भएको हो । भारतका विराट कोहलीले ७६ र शुभमन गिलले २६ रन बनाए । अरू कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका नान्दे बर्गेरले ४, मार्को जनसेनले ३ र कागिसो रबाडाले २ विकेट लिए ।

    दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४ सय ८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेन एल्गरले सर्वाधिक १ सय ८५ रन बनाए । यस्तै मार्को जनसेनले नट आउट ८४ र डेभिड बेदिनघमले ५६ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ र मोहम्मद सिराजले २ विकेट लिए ।

    त्यसअघि सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो इनिङ्समा २ सय ४५ रन बनायो । भारतका केएल राहुलले १ सय १ र विराट कोहलीले ३८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडाले ५ र नान्दे बर्गेरले ३ विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend