Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै


१३, पुस २०८०
  • 152
    SHARES
  • टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै
    पर्सा । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् । 
     
    नेपालका चार र भारतका दुुई क्लब गरी छ समूहको सहभागिता रहेको प्रतियोगिताका लिग चरणका सबै खेल जितेर शिर्ष स्थानमा रहँदै आर्मी क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । लिग चरणका चार खेल जितेको पुलिस दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ ।
     
    लिग चरणमा पाँचमध्ये दुई खेलमात्र जितेको वान्डर्स क्लब नोइडाले नेटरन रेटमा पर्सा–११ र नेपाल एपिएफ क्लबलाई पछि पार्दै अङ्क तालिकामा चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । योसँगै नोइडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । 
     
    अङ्क तालिकामा समान चार अङ्क भए पनि एपिएफलाई नेटरनरेटमा पछि पार्दै पर्सा–११ ले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ । प्रतियोगिताको लिग चरणका सबै खेलमा हार भोगेको भारतको उत्तर प्रदेश क्लब (युपी–११) अङ्कविहीन रहँदै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ ।  
     
    नारायणी रङ्गशाला पुनःनिर्माणमा तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ समूहको सहभागिता छ । उक्त प्रतियोगिताको फाइनल भोलि (शनिबार) हुने प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो ।    

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend