Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पाचौं सडक खाना महोत्सवको तयारी पुरा, शनिबार उद्घाटन हुने


१३, पुस २०८०
  • 206
    SHARES
  • पाचौं सडक खाना महोत्सवको तयारी पुरा, शनिबार उद्घाटन हुने

    बुटवल । बुटवलको पर्यटन प्रवद्र्धन र सुस्ताएको बजारलाई चलायमान बनाउने उद्देश्यले होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ खाना महोत्सव गर्ने भएको छ । बुटवलको तिनकुनेदेखि बसपार्कसम्म शनिवारदेखि तीन दिनसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

    संघले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सडक खाना महोत्सव आयोजना गरेको हो । खाना महोत्सवको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

    ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकापथ स्थित तिनकुने देखि उत्तरतर्फ नयाँ बस पार्कसम्मको सडकमा सडक खाना महोत्सव गर्न लागिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी गराउनु भयो ।

    अघिल्लो वर्षदेखि यो सडकमा रात्रीकालिन बजार समेत सञ्चालन हुँदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि आयोजना गरिएको सडक खाना महोत्सवमा यश क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट तथा विभिन्न जातजाती र संस्कृतिका खानाका परिकारका स्टल राखिने छ ।

    नेपाली खाना तथा कला संस्कृतिको संरक्षण सम्वद्धर्न गर्ने उदेश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा रात्रीकालिन विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।

    सडक खाना महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र दुई करोड बढीको आर्थिक कारोवार हुने लक्ष्य लिईएको छ ।

    मगर, गुरुङ, नेवारी, थकाली लगायत जातीका खानाका परिकार सहित एक सय वटा विभिन्न प्रकृतिका स्टलहरु रहने छन् । साँझ ६ बजेदेखि राती १२ बजेसम्म महोत्सव चल्ने छ । फराकिलो सडकपछि रात्रिकालिन व्यवसायका लागि बसपार्कदेखि होराइजचोकसम्मको क्षेत्र पछिल्लो समय व्यवसायीहरुको रोजाइको केन्द्र बनेको छ ।

    खाना महोत्सवको प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । महोत्सवको उद्घाटन अगाडि सांस्कृतिक पहिचान झल्कीने झाँकी सहितको र्‍याली निकालिने संघका महासचिव अर्जुन थापाले बताउनु भयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend