पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करबाट एक जनामो मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
दुर्घटनामा भारत घर भएकी इश्श्रावती कुमारीको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता श्रवण कुमार बिकले जानकारी दिए । बसको ठक्करबाट गम्भिर घाइले भएकी फूटपाथमा व्यापार गर्ने भारतकी कुमारीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै बसको ठक्करबाट तनहुँ म्याग्दे १ का ४६ वर्षीय रामजी गन्दर्भ र पर्सा दिप १ की ४६ वर्षीया चिजमायाँ गन्धर्व घाइते भएका छन् । उनीहरुको खुट्टामा चोट लागेको र घाइते दुबैजनाको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा व्यवापार गर्ने एक जनासहित ३ जना घाइते भएका थिए ।