Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

औषधि व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा अधिकारी निर्वाचित


१४, पुस २०८०
  • 232
    SHARES
  • औषधि व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा अधिकारी निर्वाचित

    अर्घाखाँची । नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित भएका छन् । आज सन्धिखर्कमा भएको नेपाल औषधि व्यवसायी संघको छैटौँ जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नेपाल औषधी व्यवसायी संघ अर्घाखाँची शाखाको कार्य समिति चयन गरेको हो । 

    जसको उपाध्यक्षमा कृष्ण प्रसाद बन्जाडे, महासचिव तुल्सिराम मिश्र, सचिव सुर्य बहादुर थापा, कोषाध्यक्ष विष्णु भुसाल र उप कोषाध्यक्षमा रुद्र खनाल रहेका छन् । जसको सदस्यमा कुमारी सिता आचार्य, नितेश भुसाल र केशव भट्टराई रहेको निर्वाचन समितिका संयोजक कृष्ण बर्माले जानकारी दिए ।

    कार्यक्रममा नव गठित कार्य समितिलाई निर्वाचन समितिका संयोजक कृष्ण वर्मा, नेपाल औषधी व्यवसायी संघका प्रदेश सदस्य नारायण पौडेल, पूर्व अध्यक्ष दलबहादुर केसी, लिलामणि ढुंगाना, निवर्तमान अध्यक्ष प्रेम बहादुर पछाइ, पत्रकार महासङ्घका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए । नवगठित अध्यक्ष राम प्रसाद अधिकारी र महासचिव तुल्सिराम मिश्रले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend