Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने


१५, पुस २०८०
  • 179
    SHARES
  • भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

    काठमाडौँ । नेपाल भारोत्तोलन संघको आयोजनामा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि भक्तपुरमा आयोजना हुने भएको छ । संघले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी पुस २४, २५ र २६ गते राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष/महिला, युथ पुरुष/महिलाको विभिन्न वजन समूहमा प्रतिष्पर्धा हुने बताइएको छ । 

    प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिष्पर्धा हुने छ । त्यस्तैगरी युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुने संघका महासचिव तिलक बहादुर राउतले जानकारी दिनुभयो ।

    त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी माथि तौल समूहका खेलहरु हुने उहाँले बताउनुभयो ।

    प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० काँस्य गरी २७० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० काँस्य गरी २७० सहित कुल ५४० पदकको लागि प्रतिष्पर्धा हुने महासचिव राउतले जानकारी दिनुभयो । 

    त्यस्तै भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले खेलाडीहरुलाई आफ्नो क्षमता देखाउने अवसरका रुपमा प्रतियोगीता आयोजना गर्न लागिएको बताउनुभयो । आर्थिक मन्दीका बेलमा पनि प्रतियोगीता गर्न लागेको भन्दै चूनौति भएपनि यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

    प्रतियोगीतामा अन्दाजी २५० जना खेलाडीहरुले सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिव ८६ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend