Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष 


१६, पुस २०८०
  • 152
    SHARES
  • सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष 

    प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु भएको छ । 

    अक्टोबर ७ मा इजरायल र गाजाको सत्तारुढ हमासबीच द्वन्द्व सुरु भएयता प्यालेष्टिनी २२ हजार १४१ जनाको मृत्यु भएको र इजरायली आक्रमणमा भएका मृत्युमध्ये ९८ प्रतिशत मृत्यु गाजामा भएको छ ।

    गाजामा अहिलेसम्म करिब नौ हजार बालबालिका र छ हजार ४५० महिलाको मृत्यु भएको छ भने अक्टोबर ७ यता वेस्ट बैंकमा ३१९ प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आफ्ना जनता आफ्नो भूमिबाट विस्थापित भएको स्वीकार नगर्ने बताउनुभएको छ । 

    फताह आन्दोलनको स्थापनाको ५९ औँ वर्षगाँठको अवसरमा जारी वक्तव्यमा अब्बासले प्यालेस्टाइनी प्राधिकरणले आफ्नो एक इन्च पनि भूभाग नछोड्ने र गाजाप्रतिको आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताउनुभएको छ । 

    अब्बासले सैन्य समाधानले कसैलाई शान्ति वा सुरक्षा प्रदान गर्नुको साटो यस क्षेत्र र बाँकी विश्वलाई अस्थिर बनाउने बताउनुभएको छ । उहाँले प्यालेस्टाइनको स्वतन्त्रता र स्वतन्त्रताको अधिकारलाई मान्यता दिने अन्तर्राष्ट्रिय कानून र प्रस्तावहरूमा आधारित राजनीतिक समाधानको लागि आह्वान गर्नुभएको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend