Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा


१६, पुस २०८०
  • 208
    SHARES
  • प्रधानमन्त्री कप  महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा
    काठमाडौँ । कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ ।सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । कोशीले फाइनलमा सशस्त्र प्रहरी बलसँग यही पुस १८ गते प्रतिष्पर्धा गर्नेछ ।
     
    कोशी प्रदेशको जितमा काजल श्रेष्ठले सर्वाधिक ३८ रनको योगदान दिइन् । उनले ३५ बलमा सात चौका प्रहार गरिन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले २३ बल खेल्दै सात चौकाको मद्दतमा ३७ रन जोडिन । अपसरी बेगम १२ रनमा अविजित रहिन । 
     
    सुदूरपश्चिमका लागि लक्ष्मी साउदले एक विकेट लिइन । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै ८८ रनको योगफल बनाएको थियो । 
     
    उसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । रुवि पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७/७ रन बनाए । कोशीका लागि सङ्गिता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सबनम राईले समान एक/एक विकेट लिए । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend