Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रम कप महिला क्रिकेट २०८० को उपाधि एपीएफलाई


१८, पुस २०८०
  • 154
    SHARES
  • प्रम कप महिला क्रिकेट २०८० को उपाधि एपीएफलाई

    काठमाडौं। ओपनर इन्दु बर्माको ५३ रनको अर्धशतकप्रेरित विभागीय टिम एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट २०८० को उपाधि जितेको छ ।

    बुधबार भएको फाइनल खेलमा साविक विजेता कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि रक्षा गरेको हो । एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रनमा समेटिएपछि एपीएफले ११ रनको जित निकाल्दै उपाधि रक्षा गरेको हो ।

    कोशीका लागि ओपनर तथा कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२ रन जोडेपनि त्यो जितका लागि प्रर्याप्त भएन् । ५८ बलमा ७ चौका र १ छक्का हिर्काएकी रुविना करुणा भण्डारीको बलमा आउट भइन् । त्यस्तै काजल श्रेष्ठले २२ तथा ओपनर अपुसरी बेगमले ८ रन थपिन् ।

    बलिङतर्फ एपीएफकी सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन जोडेको थियो ।

    उसका लागि ओपनर इन्दू बर्माले ५३ रनको अर्धशतक बनाइन् । २० औं ओभरको पहिलो बलमा अपुसरी बेगमको बलमा क्याच आउट हुनुअघि उनले ४७ बलको सामना गर्दै ६ चौका र १ छक्का हिर्काइन् ।

    त्यस्तै अर्की ओपनर सीता रानामगर १ रनमा आउट हुँदा रोमा थापाले १४ र ज्योति पाण्डेले २७ रन थपिन् । नेरी थापा र सोनु खड्का शून्य रनमा आउट हुँदा ममता चौधरी तीन रनमा आउट भइन् ।

    बलिङतर्फ ह्याट्रिक गरेकी अप्सरी बेगमले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट चट्काइन् । त्यस्तै एलिसा खाडियाले २ विकेट लिँदा रुविना क्षेत्री र निशा साहले समान १ विकेट लिर्यन् । यस प्रतियोगीतामा एपीएफ हालसम्म अपराजित रहँदै उपाधि उचालेको हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend