Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको प्रमुख पाण्डेद्धारा उदघाटन


२०, पुस २०८०
  • 394
    SHARES
  • मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको प्रमुख पाण्डेद्धारा उदघाटन

    बुटवल । बुटवल उपनगरपालिका-७ शिवनगरमा प्रथम प्रदेश स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उदघाटन भएको छ । 

    सामुदायिक वनको परिसरमा नव निर्मित कभर्ड हलमा आयोजित कार्यक्रममा बुटवल उपनगरपालिकका प्रमुख खेलराज पाण्डेले खेलको उदघाटन गर्नुभएको थियो ।

    414062939_3716205651934074_5960710473947104116_n.jpg

    समुन्नत र स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रको लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भन्ने मूल नारालाई अंगिकार गरी क्लवले पौष २० र २१ गते प्रथम प्रदेश स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।413974025_182791831592148_6340778511418457767_n.jpg410078546_337874865797599_5279119977651789329_n.jpgन्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा शुरु भएको प्रदेश स्तरिय प्रथम खुला मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८० मा लाफा समुहका बिबेक न्यौपाने र मनोज फौदारको जोडी विजयी शुरुवात गरेका छन । 

    आयोजक न्यु लुम्बिनी ब्याडमिन्टन क्लबका गोबिन्द श्रेष्ठ र सन्जिव खातीको जोडीलाई २१–१४, २१–१४ को सोझो सेटमा पराजित गर्दै लाफा समुहका बिबेक न्यौपाने र मनोज फौदारको जोडी विजयी भएका हुन ।

    कार्यक्रम संयोजक रोहित पुरीले खुलातर्फ उपाधि विजेताले नगद ५१ हजार १ सय ११ रुपैया, कप र मेडलबाट पुरस्कृत गरिने बताउनुभयो । यसैगरि उपविजेता टिमले नगद ३५ हजार १ सय ११ तथा तृतिय टिमले नगद २५ हजार १ सय ११ रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाँले बताउनुभयो।

    भेट्रान्स डबल्सतर्फ उपाधि विजेताले नगद ३१ हजार १ सय ११, उपविजेता टिमले नगद २१ हजार १ सय ११ तथा तृतिय टिमले नगद १५ हजार १ सय ११, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाँले बताउनुभयो। उदयमान खेलाडी र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने उहाँले बताउनुभयो। 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend