Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकाको दाबी 


२०, पुस २०८०
  • 190
    SHARES
  • रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकाको दाबी 

    उत्तर कोरियाले युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर रूसलाई उपलब्ध गराएको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।

    राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको करिब दुई वर्ष हुँदै गर्दा रूसले आफ्नो सहयोगी इरानसँग क्षेप्यास्त्र खरिद गर्न खोजी गरिरहेको छ ।

    उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको ‘सैन्य भिडन्त’को तयारीका लागि क्षेप्यास्त्र लञ्चरको उत्पादन बढाउन आह्वान गरेपछि ह्वाइट हाउसको यो टिप्पणी आएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।

    अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो ।

    ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा कर्बीले भन्नुभयो, “हाम्रो जानकारीले के देखाउँछ भने प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले हालै रूसलाई ब्यालेस्टिक क्षेप्यास्त्र लन्चर र केही ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको छ ।”“यो रुसका लागि उत्तर कोरियाको समर्थनको एक महत्वपूर्ण हिस्सा हो र यसले विश्व समुदायको चिन्तालाई बढाएको छ ।” 

    “यस घटनाक्रमले अमेरिकी काङ्ग्रेस (संसद्ले) युक्रेनका लागि महत्वपूर्ण सैन्य सहायताको प्याकेज पारित गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । अमेरिकी समर्थनबिना युद्धमा युक्रेनीको आशा चाँडै उडाड हुनेछ,” कर्बीले भन्नुभयो । 

    हालैका दिनहरूमा रूसले हवाई आक्रमण गरेको युक्रेनका लागि हवाई प्रतिरक्षा ‘पूर्णतया’ अमेरिकी प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । कर्बीले भन्नुभयो, “काङ्ग्रेसले यस अवस्थालाई बुझ्नु र युक्रेनीहरूलाई उनीहरूको रक्षाको लागि आवश्यक चीजहरू प्रदान गरेर प्रतिक्रिया दिनु महत्वपूर्ण छ ।”

    रूसी सेनाले डिसेम्बर ३० मा उत्तर कोरियाले आपूर्ति गरेको क्षेप्यास्त्रमध्ये कम्तीमा एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो, जुन जापोरिजिया क्षेत्रको खुला मैदानमा खसेको थियो । त्यसपछि मस्कोको सेनाले जनवरी २ मा युक्रेनमा ‘दर्जनौँ’ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

    साङजी विश्वविद्यालयका सैन्य अध्ययनका प्राध्यापक चोइ गि इलले एएफपीसँग कुरा गर्दै मस्को–प्योङयाङ हतियार स्थानान्तरण रूसले युद्धमा सियोलको आफ्नै भूमिकाप्रति ‘आक्रोश व्यक्त गर्ने’ तरिका हुन सक्ने बताउनुभयो । 

    उहाँले भन्नुभयो, “दक्षिण कोरिया युक्रेनको लागि प्रमुख हतियार निर्यातकर्ता हो । दक्षिण कोरियाले नेटो राष्ट्रहरूसँग हतियार सम्झौता मार्फत अप्रत्यक्ष रूपमा युक्रेनलाई सहयोग गरिरहेको छ ताकि कीएभलाई उनीहरूको हतियार आपूर्तिको लागि सहयोग पुग्न सकोेस् ।”

    सोलले युक्रेनको प्रमुख सहयोगी पोल्याण्डमा ट्याङ्क र होवित्जर पठाउन अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । “रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण दुई कोरियाबीच हतियारको होडबाजी सुरु भएको हो,” चोइले भन्नुभयो । 

    “संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरूको उल्लङ्घनको कुरालाई युद्धमा उत्तर कोरियाली हतियार प्रयोगसम्बन्धी नयाँ हतियार स्थानान्तरणको मुद्दा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्मा उठाइनेछ,” कर्बीले भन्नुभयो । 

    रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेकोमा बेलायतले कडा शब्दमा निन्दा गरेको छ । रूसले युक्रेनमा आफ्नो सनकी र गलत सैन्य उद्देश्य पूरा गर्न उत्तर कोरियाको हतियारका लागि उत्तर कोरियातर्फ मोडिरहेको छ । यो युद्धमा यसको अलगावको लक्षण हो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend