काठमाडौं। अमेरिका र वेस्ट इन्डिजमा हुने टि-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी जुनमा हुने खेल तालिका र समूह सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको समूह अनुसार नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा परेका छन्। समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन्।
समूह ए मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन्। समूह बी मा इंग्ल्यान्ड अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन्। समूह सी मा न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्।
नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दोस्रो खेल नेपालले ११ जुनमा श्रीलंकासँग खेल्नेछ। सुरुवाती दुई खेल नेपालले अमेरिकामा खेल्नेछ । त्यसपछि बाँकी दुई खेल वेस्ट इन्डिजमा गएर खेल्नेछ।
नेपालले जुन १४ मा सेन्ट भिनिसेन्ट द गार्डेन्समा दक्षिण अफ्रिकासँग खेल्नेछ। सोही मैदानमा नेपालले जुन १६ मा बंगलादेशसँग खेल्नेछ विश्वकप १ जुन देखी सुरु हुनेछ। हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन्।