Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मीको सिडिओमा शर्मा 


२१, पुस २०८०
  • 167
    SHARES
  • गुल्मीको सिडिओमा शर्मा 

    काठमाडौँ । गुल्मीको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा कृष्ण शर्मा नियुक्त भएका छन् । गृह मन्त्रालयले बिहीवार(हिजो) शर्मालाई गुल्मीको सिडिओमा पठाउने निर्णय गरेको हो । 

    मन्त्रालयको कर्मचारी प्रशासन शाखा प्रमुख रहेका शर्मालाई केही समय अघि म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिए पनि ठुलो शक्ति सङ्घर्षका कारण उनी त्यहाँ जान सकेनन् र मन्त्रालयमै रोकिएका थिए । प्रजिअका लागि आकर्षक जिल्ला मानिने म्याग्दीमा जान निकै ठुलो रस्साकस्सी चलेको थियो ।

    राम्रै काम गर्ने र क्षमता पनि भएकोले उनलाई त्यहाँ पठाउने निर्णय भए पनि जिल्लास्थित सत्तापक्षकै केही नेताहरूले कुनै पनि हालतमा हुँदैन भनेपछि मन्त्रालयले लक्ष्मण ढकाललाई पठाएको थियो । 

    गुल्मीका प्रजिअ टेकबहादुर केसी बिहीबार(हिजो) अनिवार्य अवकाशमा गएसँगै रिक्त प्रजिअमा शर्मालाई पठाउने निर्णय भएको प्रशासन सिंहदरवार खास स्रोतले जानकारी दियो । गुल्मीमा सहसचिव प्रजिअ रहने व्यवस्था छ । आजै मात्र ललितपुर जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी पठाइएको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend