Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमाले दिनभरी भारतलाई गाली गर्ने र राति लैनचौर गएर खुट्टा समात्ने पार्टी हो : नेता रसाइली


२१, पुस २०८०
  • 167
    SHARES
  • एमाले दिनभरी भारतलाई गाली गर्ने र राति लैनचौर गएर खुट्टा समात्ने पार्टी हो : नेता रसाइली

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले नेकपा (एमाले) ले अरु दललाई राष्ट्रघाती बनाएर आफू राष्ट्रवादी बन्न खोजेको टिप्पणी गर्नुभएको छ।

    भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भएका सम्झौतालाई लिएर एमाले र एमालेका नेताहरुले भ्रम फैलाउने काम गरेको उहाँको भनाइ छ ।

    आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भारतसँग भएको सम्झौताको विरोध गर्दै गर्दा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दूतावास, परराष्ट्र मन्त्रालय र सरकारका कुनै संरचनाहरुलाई जनकारी नदिई सत्ता जोगाउन राति १२ बजे भएका भेटहरुलाई पनि बिर्सन नहुने बताउनुभयो ।

    उहाँले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका बेला १० हजार मेगावाट विद्युत १० वर्षमा खरिद गर्ने गरी भएको सम्झौता नेपाल र नेपाली जनताको हितमा रहेको दाबी गर्नुभयो । उहाँले यसलाई महत्वपूर्ण कदमको संज्ञासमेत दिनुभयो ।

    एस जयशंकर नेपाल आउनुभयो । १० हजार मेगावाट विजुली भारतले १० वर्षमा किन्ने भनेको छ । यो नेपाली जनता र नेपालको विकासका निम्ति एउटा महत्वपूर्ण कदम हो,’– उहाँले भन्नुभयो ।

    केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल–भारतको सम्बन्ध तिक्ततापूर्ण बनेको दाबी गर्दै उहाँले पछिल्लो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा र त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि छिमेकीसँग एमालेले बिगारेको सम्बन्धमा सुधार भएको बताउनुभयो।

    एमालेले बाहिर आफूलाई राष्ट्रवादी देख्न भारतको विरोध गरेपनि एमालेका नेताहरु, उनका छोराछोरीहरु दूतावासको सिफारिसमा कति भारतमा पढिरहेका उहाँको आरोप छ ।

    पछिल्लो पटक एमालेका नेताहरु सत्ता नपाएर विछिप्त बनेको उहाँको टिप्पणी छ । ‘आलुविना तरकारी नबन्ने र सत्ता विना एमाले बस्नै नसक्ने’ उहाँको टिप्पणी छ । एमालेले टिआरसी विधेयकलाई बार्गेनिक टुल बनाएको उहाँको आरोप छ ।

    प्रचण्डसँग दिनकै चार पटक भेटेर ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग खोजेको उहाँले बताउनुभयो । एमाले आफैंमा लम्पसारवादी पार्टी भएको उहाँको आरोप छ । बाहिर भारतको विरोध गर्ने र फेरि मुखमा मास्क लगाएर भारतीय दूतावासमा पुग्ने एमालेको चरित्र रहेको उहाँको टिप्पाणी छ ।

    ‘एमाले दिनभरी मिडिया र संसद्मा गाली गर्ने, राति लैनचौरमा गएर खुट्टा समात्ने पार्टी हो । अहिले यहाँ गाली गर्ने, फेरि मुखमा मास्क लगाएर डौडिएर दूतावासमा पुग्ने पार्टी हो,’– उहाँले भन्नुभयो ।

    भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु नेपाल र नेतपाली जनताको हितमा रहेको उहाँको दाबी छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend